arrow

उदयशमशेरको आग्रह –सेलिब्रेटी चाहिए सिलवाललाई मत दिनु, विकास र समृद्धि चाहिए मलाई भोट दिनु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
udaya-shamsher-rana-team-2079-07-17.jpg
तस्बिर – फाइल ।

काठमाडौं । ललितपुर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाले विकास र समृद्धिका लागि आफूलाई मत दिन आग्रह गरेका छन् । सत्तारूढ गठबन्धनका साझा उम्मेदवार कांग्रेस नेता राणाले आफ्ना मतदातालाई विकास र समृद्धिका लागि आफूलाई भोट दिन आग्रह गरेका हुन् । 

चुनावी कार्यक्रममा मतदातालाई उनले भने, ‘सेलिब्रेटी चाहिए नवराज सिलवाललाई मत दिनु । तर, विकास र समृद्धि चाहिएको हो भने मलाई भोट दिनु ।’

आफ्नो प्रमुख उद्देश्य विकास रहेको र विकासमा पनि सडकसहितको पूर्वाधारमा जोड रहने बताएका उनले २०७४ सालको निर्वाचनपछि कति विकास भयो र त्यसअघिका विकासका पूर्वाधारको मर्मत कति भयो यसबारे चासो राख्नुपर्नेमा जोड दिए । 

निवर्तमान सांसद सिलवालले सडकसहितका पूर्वाधार मर्मतमा समेत चासो नदेखाएको र सेलिब्रेटीमात्र बन्न खोजेको आरोप लगाएका उनले सेलिब्रेटी बनेर जनताको समस्या समाधान नहुने बताए ।

कोरोना महामारीमा जनतालाई बेवास्ता गरेका सिलवाल अहिले किसानको खेतमा पुगेर सेलिब्रेटी बन्न खोजेको राणाको आरोप छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ