arrow

कपिलवस्तु २ मा एमाले नेताहरु धमाधम कांग्रेसमा, गुप्ताको पाँचौं पटक सांसद हुने यात्रामा अवरोध 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २० आइतबार
brijesh-kumar-gupta-kapilvastu-uml.jpg

कपिलवस्तु  । लगातार ४ पटक चुनाव जितेर जिल्लामै रेकर्ड बनाएका एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार बृजेशकुमार गुप्ता यस पटक भने कमजोर देखिएका छन् । उनको जितमा यस पटक भने पूर्णविराम लाग्ने अनुमान भइरहेको छ । ०५६ सालदेखि लगातार चार पटक चुनाव जितेका बृजेशकुमार गुप्ताका निकट नेताहरुले धमाधम साथ छाड्न थालेपछि कमजोडर हुँदै गएका छन् । 

निर्वाचनमा सघाउँदै आएका उनका दाहिने हातहरुले साथ छाडदै गएपछि उनी कमजोर बन्दै गएका हुन् । गत फागुनमा आफ्ना सबै समर्थकहरुसँग गुप्ता एमालेमा प्रवेश गरेका थिए । गत स्थानीय निर्वाचनमा उनले आफ्नो भाइ राजेश गुप्तालाई कपिलवस्तु नगरपालिकाको मेयरको टिकट दिएपछि उनका दाहिने हातका रुपमा रहेका सुदीप पौडलले उनको साथ छाडे । 

पौडल जसपामा प्रवेश गर्दै शानदार जितका साथ मेयर चुनिए । त्यसयता उनका थुप्रै निकटस्थ मानिसहरुले साथ छाड्दै गएका छन् । यसै क्रममा गत शुक्रबार निवर्तमान सांसद गुप्ताका दाहिने हात मानिएका एमाले नेता तथा कपिलवस्तु नगरपालिकाका पूर्व उपमेयर बासुदेव कसौधनसहित दर्जनौं नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरे । 

चुनाव आउन केही दिन मात्र बाँकी रहेको बेला कसौधनसहित बृजेश समर्थकहरु धमाधम कांग्रेसमा प्रवेश गरेपछि यस क्षेत्रमा कांग्रेस थप मजबुत हुँदै गएको छ । 

नेता कसौधन २०४३ र २०४९ सालमा उममेयरमा निर्वाचित भएका थिए । विगत लामो समयदेखि स्वर्गीय नेता भगवान दास गुप्तासँग निकट रहेर राजनीति गरेका कसौधनको प्रवेशले कांग्रेस उम्मेदवार र नेताहरु उत्साही भएका छन् । 

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्षका उम्मेदवारसमेत रहेका तौलिहवा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सन्तोषकुमार कसौधन र उनका छोरा युवा नेता अमरदिप कसौधनसहित ढेड दर्जन नेताहरु कांग्रेसमा प्रवेश गरेका थिए । 

केही दिनअघि यशोधरा गाउँपालिकाका नेता राकेश पाठक समेतले साथ छाड्दै कांग्रेसमा प्रवेश गरिसकेका छन् । गुप्ताका निकटहरुले धमाधम साथ छाड्दै जानु र कांग्रेस नेताहरु एकीकृत हुँदै गएपछि अहिले कपिलवस्तुको क्षेत्र नम्बर २ मजुबत बनेको कांग्रेस नेताहरुको दाबी छ । 

उता गत शुक्रबार नै लोसपाका केन्द्रिय सहमहामन्त्री उपेन्द्रप्रताप सिंह तत्कालीन जिल्ला विकास समितका पूर्व इलाका सदस्य शिवप्रताप चौधरी लगायतका दर्जनौं नेता कार्यकर्ताहरु अन्य पार्टी छाडी कांग्रेसमा प्रवेश गरेका छन् । 

त्यति मात्र होइन कांग्रेससँग असंतुष्ट भई गत स्थानीय निर्वाचनमा अन्तै लागेका बुद्धभूमि नगरपालिकाका सबै जना पुनः कांग्रेसमै फर्किएका छन् । 

असंतुष्ट जिल्ला नेता विरेन्द्र मिश्रा वीपी कांग्रेसबाट , बुद्धभूमि नगरपालिकाका वीपी कांग्रेसका उम्मेदवार अनिल घिमिरे, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख नारायण खनाल, पूर्व महाधिवेशन प्रतिनिधि पदम खनालसहित सबै जना कांग्रेस समावेश भएपछि कांग्रेस झन् मजुबत बनेको नेताहरुले बताएका छन् । 

कांग्रेस नेता बिरेन्द्र मिश्राले क्षेत्र नम्बर २ मा कांग्रेस जिततर्फ अग्रसर भएको बताए । अहिले कांग्रेस क्षेत्र नम्बर २ मा कांग्रेस नेताहरु एकबद्ध हुनु, सँगै प्रचारप्रसार गर्नु, कांग्रेसमा प्रवेशको लहर चल्नुले पनि यस पटक यो क्षेत्रमा कांग्रेसको जित हुने कांग्रेस नेता राजु अर्याल बताउँछन् । 

गत २०७४ मा टिकट नपाएपछि स्वतन्त्र प्रदेश सभामा लडेका नेता अर्याल अहिले खुलेर कांग्रेसको प्रचारमा लागेका छन् । कांग्रेसका नेता तथा प्रतिनिधि सभा उम्मेदवार सुरेन्द्रराज आचार्य र एमाले नेता गुप्ता अहिले फेरि आमनेसामने छन् । 

उता जसपाले यस क्षेत्रमा प्रतिनिधि सभामा उम्मेदवार उठाएको छैन । प्रतिनिधि सभामा जसपाको मतसमेत कांग्रेस उम्मेदवारलाई जाने देखिएको छ । पाँच दलीय गठबन्धन समेतको भोट र विभिन्न अन्य दलकासमेत मत आउने देखेपछि यो क्षेत्रमा कांग्रेस एकदमै उत्साही भएको छ । 
 
 उता कांग्रेस नेता सुधाकर पाण्डेयले पनि यस पटक शानदाररुमा जितिने दाबी गरेका छन् । कांग्रेस क्षेत्र नम्बर २ क का उम्मेदवार तथा पूर्व एसएसपी बिक्रम सिंह थापाकोसमेत स्थिति मजबुत हुँदै गएको छ । 

एमाले क्षेत्र नम्बर २ ख मा धरम बहादुरलाल श्रीवास्तव र २ क मा नवराज लामिछाने उम्मेदवार छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ