सीके राउतको पार्टीले सार्वजनिक गर्यो २५ बुँदे प्रतिबद्धता पत्र
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
767
Shares
जनकपुरधाम। डा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । सो पार्टीले आइतबार २५ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेको हो ।प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष राउत भने उपस्थित थिएनन् ।
धनुषा क्षेत्र नम्बर -३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ई.शम्भुनाथ साह, प्रदेशसभा ३(क) उम्मेदवार डाक्टर प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले धनुषा-३ को प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जनमत पार्टीले आज धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभा गर्दैछ । आमसभामा पार्टी अध्यक्ष राउतको उपस्थिति हुने बताइएको छ ।