arrow

हटाएका कर्मचारीलाई फिर्ता बोलाउँदै एलन मस्क 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
elonmusktwitter.PNG
तस्बिर – फाइल ।

न्यूयोर्क । एलन मस्कले ४४ अर्ब डलरमा ट्वीटर अधिग्रहणसँगै शुक्रबार आफ्ना करिब आधा कर्मचारीहरूलाई हटाएपछि कम्पनीले अब आफ्नो जागिर गुमाएका दर्जनौं कर्मचारीहरूलाई सम्पर्क गर्दैछ । कम्पनीले केही कर्मचारीलाई फेरि काममा फर्किन आग्रह गरिरहेको ब्लुमबर्ग न्यूजले रिपोर्ट गरेको छ ।

फिर्ता हुन भनिएका केहीलाई गल्तीले कामबाट निकालिएको थियो । एलन मस्कले कल्पना गरेका नयाँ सुविधाहरू निर्माण गर्न उनीहरूको काम र अनुभव आवश्यक हुन सक्छ भन्ने कुरा व्यवस्थापनले महसुस गर्नुअघि अन्य कर्मचारीलाई जान अनुमति दिइएको थियो ।

ट्विटरले भर्खरै ट्रस्ट र सेफ्टी टिमका कर्मचारीसहित आफ्ना ५०५ कर्मचारीहरूलाई हटाएको कम्पनीको सुरक्षा र अखण्डताका प्रमुख योएल रोथले यस हप्ताको शुरुमा ट्वीटमा भनेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ