arrow

विनोद चौधरीको महत्व दर्शाउँदै विक्रम खनालले जिताउन गरे आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २१ सोमबार
binod-chaudhary-2079-07-21a.jpg

नवलपरासी । नेपाली कांग्रेस, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले नवलपरासी क्षेत्र नं १ का उम्मेदवार विनोद चौधरीको विजयलाई सुनिश्चित बनाउन पार्टीका सम्पूर्ण सदस्यहरु चुनावी मैदानमा उत्रिन आह्वान गरेका छन् । 
 
आज नवलपरासीको जिमिरेभारस्थित पार्टीको संघीय निर्वाचन क्षेत्रको सम्पर्क कार्यालयमा आयोजित पार्टी अगुवा कार्यकर्ता छलफल कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री खनालले कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उद्याेगपति चौधरीको महत्वका बारेमा स्पष्ट पारेका हुन् । 

कांग्रेसका युवा नेतासमेत रहेका खनालले आजसम्म पार्टी भित्र केही समस्या रहेको भए पनि अब सबै समस्या समाधान भएकाले नेपाली कांग्रेसको जित सुनिश्चित गर्न कार्यकर्तालाई निर्देशन दिए ।
 
खनालले सो अवसरमा भने, ‘विनोद चौधरी पार्टीको उम्मेदवार हो पार्टीको उम्मेदवारलाई विजय गराउनु हाम्रो कर्तव्य हो यस पटक पार्टीलाई विजयी गराएर कांग्रेसका सम्पूर्ण कार्यकर्ताले गौरवको अनुभूति गर्नेछौं ।’
 
कार्यक्रममा बर्दघाट नगरपालिका, प्रतापपुर, सुस्ता र सरावल गाउँपालिका अन्तर्गतका अगुवा नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । यसअघि विक्रम समूहले चौधरीलाई सहयोग नगर्ने शंकाबीच खनाल खुलेर चौधरीलाई सहयोग गर्न लागेपछि आमकार्यकर्तामा उत्साह देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ