arrow

५० हजार नाघे डेंगी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
dangue.jpg

काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार आइतबारसम्म देशभर डेंगीबाट संक्रमितको सङ्ख्या ५० हजार दुई सय ६३ पुगेको छ । सबैभन्दा बढी बागमती प्रदेशमा ३९ हजार दुई सय १७ जना संक्रमित रहेका छन् । दोस्रो धेरै संक्रमित लुम्बिनी प्रदेशमा चार हजार आठ सय २७ र प्रदेश १ मा एक हजार नौ सय ३३ रहेका छन् । 

यस्तै सबैभन्दा कम संक्रमित भएको भनिएको कर्णाली प्रदेशमा संक्रमितको सङ्ख्या छ सय ७२ पुगेको छ । काठमाडौं जिल्ला सबैभन्दा धेरै संक्रमित रहेका छन् । काठमाडौंमा आइतबारसम्म डेंगी संक्रमितको सङ्ख्या १३ हजार सात सय ३२ पुगेको छ । क्रमशः ललितपुरमा नौ हजार ५००, भक्तपुरमा पाँच हजार तीन सय ६६, मकवानपुरमा पाँच हजार दुई सय ८१ र चितवनमा दुई हजार पाँच सय ८० रहेको छ । छ दिनमा डेंगीको छ सय २४ नयाँ संक्रमित थपिएका हुन् । 

यस्तै अहिलेसम्म डेंगीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सय ३९ पालिका, ६० जिल्ला र सातै प्रदेशमा ‘खोज र नष्ट गर’ अभियानमार्फत डेंगी संक्रमण नियन्त्रण कार्यक्रम सञ्चालन गरिरहेको मन्त्रालयले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ