arrow

एलजीले ल्यायो वल्र्ड कप लक्षित गरि यूक्यू सिरिजको टिभी नेपाली बजारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
lg-uhd-tv.jpg

काठमाडौँ। एलजी ब्राण्डको आधिकारिक विक्रेता सिजी इम्पेक्सले वल्र्ड कप लक्षित गरी यूक्यू सिरिजको युएचडिटिभी नेपाली बजारमा ल्याएको छ। एलजीको युएचडि टिभी श्रेणीमा ४३ इन्च, ५० इन्च, ५५ इन्च, ६५ इन्च ७५ इन्च र ८६ इन्चको टिभी नेपाली बजारमा ल्याएको कम्पनीले जनाएको छ। युएचडि टिभी श्रेणीमा नेपाल कै नम्बर एक टिभी ब्राण्डमा आफूलाई स्थापना गरेको एलजीले नयाँ मोडेलको टिभीहरू नेपालमा ल्याएको छ।

यस टिभीमा रियल फोर के डिस्प्ले सँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओएस ६.० अपरेटिङ सिस्टम, आईपिएस प्यानल फोर के, एचजि आईजि मोड, अटोलो ल्याटेन्सी मोड (एएलएलएम) गेम अप्टिमाईजर, एआई ब्राइटनेस, एआई साउण्ड, एचडिआर टेक्नोलोजी (एचडिआर १०, एचएलजी) फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल (एमएमआरसि) स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरू रहेको छ। यस टिभीमा एलजी थिङक्यु एआई  टेक्नोलोजी रहेको छ जसले एक सुव्यवस्थित अनुभव प्रदान गर्दछ साथै एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिट जस्ता विशेषताहरू प्नि रहेको छ।

एप्पल एयर प्लेय २ को मद्दतले तपाईँले आफ्नो आईफोन बाट सिधै स्क्रिन सेयर-स्क्रिन मिरर गर्न मिल्छ। गुगल असिस्टेनको मद्दतले तपाई आफ्नो टिभीलाई आफ्नो आवाजले नियन्त्रित गर्न सकिने छ। एलजीका सबै साईजका टिभीहरू सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ