arrow

अमेरिकी सभामुखपछि बेलायती मन्त्रीले गरे ताइवान भ्रमण, चीनको आपत्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
us-china-taiwan-relation.png

बेइजिङ । बेलायतका व्यापारनीति मन्त्री ग्रेग ह्यान्ड्सको ताइवान भ्रमणलाई लिएर चीनले आपत्ति जनाएको छ । बेइजिङको चेतावनीलाई वेवास्ता गर्दै ताइपेइ पुग्ने मन्त्री ग्रेग पछिल्ला विदेशी व्यक्ति बनेका छन् । 

बेलायतले चीनको सार्वभौमसत्तालाई सम्मान गर्नुपर्ने तथा एक चीन सिद्धान्तलाई समर्थन गर्नुपर्नेमा जोड दिँदै बेइजिङले ताइवानसँग कुनै किसिमको आधिकारिक सम्पर्क कायम नगर्न आग्रह गरेको छ । 

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले विदेशीहरूलाई ताइवानमा सम्पर्क विस्तारको प्रयास नगर्न सुझाउँदै स्वायत्त टापुमाथिको चीनको सार्वभौमिकताको सम्मान गर्न आग्रह गरेका छन् । 

बेलायत सरकारले मन्त्री ग्रेग दुईदिने भ्रमणको क्रममा ताइवान पुगेका  तथा राष्ट्रपति साई इङ-वेनलाई भेटेका बताएको थियो । बेलायत र ताइवानबीचको २५औँ वार्षिक व्यापार वार्ताका सिलसिलामा उनी ताइपेइ पुगेका थिए । 

ताइवानले हालसम्म १४ राष्ट्रसँगमात्र औपचारिक कूटनीतिक सम्बन्ध कायम गरेको छ । बेइजिङको आग्रहमा संयुक्त राष्ट्रसङ्घ र अन्य प्रमुख बहुराष्ट्रिय समूहको सदस्य बन्नबाट ताइपेइ वञ्चित भएको छ । यद्यपि बेइजिङको निन्दा र धम्कीका बाबजुद ताइवानको लोकतन्त्र फस्टाउँदै गएको छ भने उच्च प्रविधियुक्त अर्थतन्त्रसहित  एसिया-प्रशान्त क्षेत्रमा रणनीतिक उपस्थितिले बाह्य जगत्बाट उसले बलियो समर्थन प्राप्त गरेको छ ।

केही समयअघि अमेरिका तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमण गरेपछि चीन-अमेरिका विवाद चरमचुलीमा पुगेको थियोभने चीनले ताइवान नजिक क्षेप्यास्त्र प्रक्षेपणसहितको सैन्यअभ्यास गरेर ताइवानलाई दबाउनसक्ने आफ्नो सामथ्र्य प्रस्तुत गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ