arrow

सकियो खग्रास चन्द्रग्रहण 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २२ मंगलबार
lunar-eclipse-2079.jpg

काठमाडौं । कार्तिक शुक्ल पूर्णिमामा साँझ लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । साँझ ०५ः११ बजे चन्द्रोदय हुँदादेखि साँझ ६ः३४ बजेसम्म लागेको ग्रहण सकिएको हो । 

०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रुपमा देखिएको थियो । ०५ः२७ बजे ग्रहणको उन्मीलन भएको थियो । नेपालबाट ग्रहण एक घण्टा २३ मिनेट देखिएको हो । 
चन्द्रग्रहणको नौ घण्टाअघिदेखि सुतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । 

०६ः३४ बजे ग्रहण सकिएपछि भोजन गर्न सकिने छ । कात्तिक महिनाको कृष्ण पक्षको औँसीमा गत ८ गते सूर्यग्रहण लागेको थियो ।

 आज शुक्ल पक्षको पूर्णिमामा चन्द्रग्रहण लागेको हो । औँसीमा सूर्य र पूर्णिमामा चन्द्रग्रहण लाग्छ ।
 
जापान, कोरिया, चीन, भारत, क्यानडा, अलास्का आदि देशबाट खग्रास चन्द्रग्रहण देखिएको थियो । नेपाल, भारत, पाकिस्तान, आदि देशबाट भने साँझमा चन्द्रमा उदाउँदा ग्रहण लागिरहेको देखिएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ