arrow

चार महिनाकी छोरीलाई १६ पटक चक्कु प्रहार

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
neha.jpeg
जयपुर । सबै बाबुआमा आफ्ना सन्तानलाई माया गर्छन् भन्ने छैन । कलियुगमा पापीहरुको कमी नभएकैले पनि  यस्ता निर्दयी अभिभावक भेटिन्छन् । 
 
प्रसङ्ग भारतस्थित राजस्थानकी एक महिलाको हो जसले आफ्नी चार महिनाकी छोरीलाई १६ पटक चक्कु प्रहार गरेर हत्या गरेकी छिन् । 
 
दिल्ली विश्वविद्यालयबाट अंग्रेजीमा ग्राजुएट नेहा गोयलले छोरी हत्याको एक हप्ता अगाडि पनि तकियाले मुख छोपेर मार्न खोजेकी छिन् । 
 
निकै खानदानी नेहाले छोरीलाई मार्ने क्रममा घरमा भएका गत अगस्ट २६ तारिखमा घाँटीमा १६ चक्कु चलाएकी थिइन् । 
 
बच्चीलाई मारेपछि कम्बलमा बेरेर घरको तेस्रो तल्लामा एसीको बक्समा लुकाएकी थिइन् ।
 
नेहाले घटनाबारे अरुलाई जानकारी नहोस् भन्नका लागि घरमा लगाइएका १६ वटा सीसीटीभीलाई १५ मिनेटसम्म बन्द गरेकी थिइन् । 
 
हत्या गरेको डेढ घण्टापछि नेहाले कसैले बच्चीलाई लगेको भनी चिच्याएकी थिइन् । उनकै जेठानीले लुकाएको पत्तो लगाएकी थिइन् । 
 
नेहा राजस्थानका महसुर व्यापारी दाल तथा तेल व्यापार मण्डलका अध्यक्ष बाबुलाल गोयलकी बुहारी हुन् । 
 
नेहाको मोबाइलमा अनुसन्धान गर्दा उनले पटकपटक छोरा जन्माउने उपायबारे नेटमा खोजिरहन्थिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ