arrow

डिजिटल गण्डकी प्रदेश निर्माणमा लाग्नेछु : थापा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
bindu kumar thapa.jpg

पोखरा । कास्की क्षेत्र नं. २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले गण्डकी प्रदेशलाई डिजिटल प्रदेशको रुपमा अघि बढाउने बताएका छन् । गठबन्धनबाट साझा उम्मेदवार बनेका थापाले पोखरा महानगरपालिका १६ मा मतदातासँग भेटघाट गर्दै डिजिटल गण्डकी प्रदेश निमार्ण लाग्ने बताएका हुन् ।

स्थानीयको समस्या बुझ्न हरेक मतदाताको घरमै पुगेका थापाले सुशासन, पारदर्शिता र भ्रष्टचारमा शून्य बनाउने लक्ष्य सहित गण्डकी प्रदेशलाई नागरिक मैत्री प्रदेश बनाउने बताए ।

‘सरकारी कार्यालयबाट प्राप्त हुने सेवालाई प्रदेशको हक र अधिकारले भ्याएसम्म यहिबाट र संघसँग समन्वय गर्नुपर्ने ठाउँमा समन्वय गरि डिजिटल गण्डकी प्रदेशको निर्माणमा लाग्नेछु’ उनले भने ।

स्थानीयहरुले थापालाई जितको शुभकामना समेत दिए । विकासप्रमी थापाको नाम विन्दु नभई विकास हुनुपर्ने भन्दै मतदाताले उनलाई प्रदेश विकासका लागि कटिबद्ध भएर लाग्न आग्रह गरेका हुन् ।

थापाले आफूले पाएको सेवा सुविधा समेत सामाजिक कार्यमा खर्च गर्ने बताए । अघिल्लो कार्यकालमा जसरी नै यसपटक पनि आफु विजयी भएमा राज्यबाट पाउने सेवा सुविधा सामाजिक कार्यमा खर्च गर्ने बताएका हुन् ।

‘अघिल्लो कार्यकाल जस्तै यस कार्यकालमा पनि प्रदेशसभा सदस्यको रुपमा मलाई प्राप्त हुने सम्पूर्ण तलब तथा सेवा सुविधाहरु यसै क्षेत्रको विकासका लागि विभिन्न सामाजिक कार्यमा खर्च गर्नेछु’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ