arrow

गाउँलाई सुविधा सम्पन्न बनाऔँ तर विकासको नाममा मौलिकता मास्ने काम बन्द गरौँः गिरी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
Arun giri.jpg

पोखरा । कास्की क्षेत्र नं. २ (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले गाउँलाई सुविधासम्पन्न गाऊँकै रुपमा रहन दिनुपर्ने बताएका छन् ।

पोखरा-१६ मा पर्ने अर्मलाचौर गाउँमा चुनावी प्रचारको क्रममा मतदाताहरुको घरदैलोमा पुगेका गिरीले पछिल्लो समय विकासको नाममा गाऊँको मौलिकता मास्ने काम बढेको प्रति चिन्ता व्यक्त गरे ।

गिरीले गाऊँको विकास भैरहँदा त्यहाँको मौलिकताको विनास गर्ने काम रोकिनुपर्ने धारणा व्यक्त गरे । उनले भने, ‘विभिन्न खाले विकास निर्माणको नाममा गाऊँका कतिपय मौलिक, साँस्कृतिक र ऐतिहासिक संरचनाहरुलाई बिगार्ने काम राज्यस्तरबाट भैरहेको छ । त्योसँगै विकासको नाममा चौतारा, कलधारा, देवी देउरालीलाई मासेर गाऊँको सौन्दर्यलाई बिगार्ने काम भैरहेका कैयौँ उदाहरण छन् ।’

गिरीले भने ‘पक्कै पनि गाऊँलाई सबै हिसाबले सुविधासम्पन्न बनाउन जरुरी छ । तर विकासको नाममा मौलिकता कुनै पनि हिसाबले मासिनु हुदैन ।’

आयोजनाको डिजाईन गर्ने डिजाईनरहरुले नेपालकै शैलीमा मौलिक विकासको नीति अबलम्बन गर्न जरुरी रहेको गिरीले बताए । आफू निर्वाचित भएसँगै यस विषयमा सदनमा आवाज उठाउने गिरीले बताए ।

घरदैलोको क्रममा पोखरा-१६ मै पर्ने जैमुरे फाँटमा पुगेका गिरीले त्यहाँका स्थानीयहरुसँग आफ्नो पक्षमा मत माग्दै कृषियोग्य जमिनमा कंक्रिटको जंगल विस्तार गर्न नहुने नीतिका लागि आफूले काम गर्ने बताए । कृषकहरुलाई कृषिमै आत्मनिर्भर बनाउने गरि आवश्यक पुर्वाधार निर्माणमा आफ्नो ध्यान केन्द्रित गर्ने गिरीले प्रतिबद्धता जनाए ।

फरक र विशेष एजेन्डासहित घरदैलोमा पुग्दा गिरीप्रति मतदाताहरुले चासो व्यक्त गरेका थिए । अधिकांश मतदाताहरुले विकासको नयाँ सोँचसहितको युवा उम्मेदवारहरुलाई आफूहरुले मत हाल्ने बताएका थिए । ठूला भनिएका पार्टीका उम्मेदवारहरुलाई जिताउँदा जनताको पक्षमा कहिल्यै काम नभएको उनीहरुको गुनासो थियो ।

सोही क्रममा गिरीले आफू अनि आफ्नो पार्टी राप्रपाको नीतिले देशलाई फाइदै फाइदा पुग्ने बताए । धर्मसँस्कार, रीतिरिवाज र मौलिकताको संरक्षण गर्दै विकास र समृृद्धिको लागि राप्रपाले कहिल्यै कसैसँग पनि सम्झौता नगर्ने गिरीले ठोकुवा गरे । साथै आफै पनि गीतालाई साक्षी राखेर सत्कर्म गर्ने वाचा गरि राजनीतिमा आएको बताउँदै उनले जनताको विपक्षमा काम नगर्ने प्रतिबद्धता जनाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ