arrow

मध्यरातमा प्युठानमा जिप दुर्घटना : तीन जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
accident1.jpg

काठमाडौं । मङ्गलवार मध्यरातमा प्युठानमा जिप दुर्घटना भएको छ । दुर्घटना तीन जनाको मृत्यु भएको छ । लु १ ज ३७०७ नम्बरको जिप खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको अवस्थामा मध्यरात १२ बजे दुर्घटनामा परेको हो । 

३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ४६ वर्षीय खुमन थापा, ४३ वर्षीया बच्ची थापा जुनकी र ५२ वर्षीया मैमा घर्ती रहेका छन् । मृत्यु हुने सबै पातलकटेरी गाउँका हुन् । दुर्घटनामा बाह्र जना घाइते भएका छन् ।

उनीहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुनिल थापाले जानकारी दिए । स्थानीय र इलाका प्रहरी कार्यालय बिजुवारको टोलीले राति नै घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएको थियो । 

जीप दुर्घटनाको कारण खुलेको छैन । जीपका चालक विनोद केएम फरार छन् । जीपमा १७ जना सवार रहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ