arrow

जसपाका साहसहित चार सय बढी नेता कार्यकर्ता कांग्रेसमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
ganesh sha.JPG

विराटनगर । नेपाल वैश्य सेवा संघ मोरङका अध्यक्ष गणेश साहसहित चार सय बढी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । उनी एलपी ग्यास विक्रेता संघ मोरङ अध्यक्ष, घरेलु तथा साना उद्योग संघका सदस्यलगायत दुई दर्जनभन्दा बढी सामाजिक संघसंस्थामा आबद्ध छन् । 

विराटनगर वडा नम्बर ६ र ११ नम्बर वडाको सीमानामा अवस्थित रामपुरचोकमा आयोजित चुनावी सभामा साहसहित नेकपा एमाले, माओवादी केन्द्र, जसपा, राप्रपालगायत विभिन्न दल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । 

साह गत स्थानीय निर्वाचनमा जसपाबाट विराटनगर वडा नम्बर ११ का वडाध्यक्षका प्रत्यासी थिए । कांग्रेसले मात्रै मुलुकको आर्थिक विकाससँगै जाति, धर्म, समुदायको संरक्षण र हित गर्ने देखेर प्रवेश गरेको साहले बताए ।
 
नवप्रवेशीहरुलाई मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका कांग्रेस नेता डा. शेखर कोइराला, कांग्रेस केन्द्रीय सदस्य रुक्मिणी कोइराला, मोरङ ६ प्रदेशसभा (ख) का उम्मेदवार केदार कार्की, कांग्रेस नेतृ विन्दया कार्कीलगायतले कांग्रेसको झण्डा दिएर अविर लगाएर स्वागत गरेका थिए । 

सभालाई सम्बोधन गर्दै डा. कोइरालाले मुलुकको आर्थिक विकास र लोकतन्त्रको रक्षाका लागि कांग्रेसले जित्नै पर्ने बताए । त्यस्तै प्रदेश सभाका उम्मेदवार केदार कार्कीले अब कांग्रेसको जितलाई कसैले रोक्न नसक्ने दाबी गरे । 

सो अवसरमा नेकपा एकीकृत समाजवादीका युवा नेता वसिम आलम, नेकपा माओवादी केन्द्रकी नेतृ नमिता न्यौपाने, नेपाली कांग्रेस मोरङ ६ प्रदेश (ख) का सचिव विमल राजभण्डारी,  विराटनगर ६ का सभापति राम ढकाललगायतले मन्तव्य व्यक्त गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ