arrow

विश्वकप कतारलाई दिनु ‘गल्ती’ भएको ब्लाटरको स्वीकारोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
sef-blater.jpg

काठमाडौं । फिफाका पूर्व अध्यक्ष सेप ब्लाटरले सन् २०२२ को विश्वकप कतारलाई दिने निर्णय ‘गल्ती’ भएको बताएका छन् । 

ब्लाटरले स्विस अखबार टेगेस एन्जेइगरलाई अन्तर्वार्ता दिँदै भने, 'कतारलाई दिनु गल्ती,' उनले थपे, 'छनोट खराब थियो।'

 सन् २०१० मा कतारलाई २०२२ को विश्वकप आयोजना गर्ने अधिकार ब्लाटरले दिएका थिए । ८६ वर्षीय ब्लाटर सन् २०१० मा कतारले प्रतियोगिता आयोजनाको अधिकार दिँदा विश्व फुटबलको प्रशासकीय निकायका अध्यक्ष थिए।

'यो देशको तुलनामा धेरै सानो छ। फुटबल र विश्वकप यसको लागि धेरै ठूलो छ,' ब्लाटरले प्रतियोगिता आयोजना गर्ने मध्य पूर्वको पहिलो देश कतारको बारेमा भने।

खाडी राज्यले समलिङ्गी सम्बन्ध, मानवअधिकारको र आप्रवासी कामदारप्रतिको व्यवहारलाई लिएर विश्वभर आलोचना भएको छ । 

१७ वर्ष फिफाको नेतृत्व गरेका ब्लाटर पनि आफ्नो कार्यकालमा भ्रष्टाचारको आरोपमा फसेका छन् । उनलाई गत जुनमा स्विस अदालतले ठगीबाट सफाइ दिएको थियो। उक्त फैसलाविरुद्ध सरकारी वकिलले पुनरावेदन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ