arrow

शोकमा कांग्रेसः मोरङ ३ को निर्वाचन मंसिर ४ मै हुने, शेखरचन्द्रको स्थानमा अर्को उम्मेदवारको खोजी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २३ बुधबार
election-commission-election-2079.jpg

काठमाडौं । मोरङ जिल्लाको क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसका प्रदेश सभाका उम्मेदवार शेखरचन्द्र थापाको निधन भएपछि कांग्रेस शोकमा परेको छ । निर्वाचन हुन ११ दिनमात्र बाँकी छँदा भएको यो घटनाले मर्माहित भएको कांग्रेसले तत्काल के गर्ने भन्नेमा अन्योल रहेको छ । प्रदेश १ का मन्त्री एवं प्रदेश सभा उम्मेदवार शेखरचन्द्र थापाको निधन

तर निर्वाचन आयोगले भने मंसिर ४ मै निर्वाचन हुने र निर्वाचन नसर्ने स्पष्ट पारेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन नसर्ने स्पष्ट पार्दै छोटो प्रक्रियाबाट निर्वाचन प्रक्रिया अगाडि बढ्ने बताएका छन् । 

तर मोरङ जिल्ला निर्वाचन कार्यालयले भने निर्वाचनसँग सम्बन्धित अन्य कार्यक्रमहरु स्थगित भएको सूचना जारी गरेको छ । 

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुषालले जिल्ला निर्वाचन कार्यालयले तत्कालका लागि चुनावी कार्यक्रम स्थगित भएको जानकारी दिएको भए पनि उक्त सूचना निर्वाचन आयोगमा आइसकेपछि छोटो दुई दिनको कार्यक्रम बनाएर कांग्रेसका उम्मेदवारको निधन भएकाले कांग्रेसका अर्का उम्मेदवारलाई उम्मेदवारी दिनका लागि समय दिने बताए । 

उनले अन्य सबै कार्यक्रम यथावत् भएको अवस्थामा कांग्रेसबाट उम्मेदवारको मनोनयन लिएर छोटो समयमा प्रक्रिया पूरा गरी मंसिर ४ मा निर्वाचन हुने स्पष्ट पारे । अब कांग्रेसले नयाँ उम्मेदवार खोजी गर्नुपर्ने भएको छ ।

मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि देशैभर निर्वाचन हुन लागेको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पनि कुनै पनि कारणले कुनै पनि क्षेत्रको चुनाव सार्ने पक्षमा आयोग नभएको बताउँदै आएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ