arrow

मेरो राजा होइन भन्दै चार्ल्समाथि अण्डा प्रहार, व्यक्ति पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
Charles III’s.jpg

काठमाडौं । बेलायती राजा चार्ल्स तृतीय र उनकी श्रीमती रानी क्यामिलामाथि अण्डा हानेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार राजा चार्ल्स र उनकी श्रीमती एक परम्परागत समारोहमा भाग लिन उत्तरी इङ्गल्यान्डको योर्क शहरमा पुगेका थिए। त्यही क्रममा भीडमा उपस्थित एक व्यक्तिले ‘मेरो राजा होइन’ भन्दै उनीतर्फ अण्डा हाने ।

राजा चार्ल्स उत्तरी इङ्गल्यान्डको दुई दिने भ्रमणमा छन् । प्रहरीले प्रदर्शनकारीलाई हिरासतमा लिएर सोधपुछ भइरहेको छ । महारानी एलिजाबेथको मृत्युपछि राजा चार्ल्स तृतीय बेलायतको नयाँ राजा बनेका छन् ।

राजा चार्ल्स र उनकी पत्नी क्यामिला आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको प्रतिमा अनावरण गर्न उत्तरी इङ्गल्याण्डमा छन् । त्यही क्रममा ती व्यक्तिले अण्डा हाने र यो देश दासको रगतले बनेको हो भनी नारा लगाए । तर अण्डाले चार्ल्सलाई लागेन । उनीहरू हिँडी रहे । 

‘भगवानले राजालाई बचाउनुभयो’ भन्ने नारा लगाएको र अण्डा फाल्नेलाई मानिसहरूले ‘लाज नभएको मान्छे’ भन्दै नारा लगाएको आवाज पनि भिडियोमा सुनिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ