arrow

कांग्रेसले इमानदार नेता गुमाएको मोरङ ३ ‘क’ मा आज मनोनयन दर्ता 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
election-commission-election-2079.jpg

विराटनगर । मोरङ ३ प्रदेश सभा ‘क’ मा आज उम्मेदवारको मनोनयन दर्ता हुने भएको छ । नेपाली कांग्रेसका उम्मेदवार रहेका इमानदार नेता शेखरचन्द्र थापाको बुधबार निधन भएपछि यो क्षेत्रमा आज फेरि उम्मेदवारको मनोनयन दर्ता गरिन लागिएको हो । 

मनोनयन दर्ता कांग्रेसबाट मात्र हुनेछ । यसअघि मनोनयन दर्ता भएर चुनावी प्रचारमा रहेका उम्मेदवारहरुको उम्मेदवारी कायमै रहनेछ । निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता गर्न सकिनेछ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची पनि आजै अपरान्ह ४ बजेभित्र प्रकाशित हुनेछ । उम्मेदवारको विरोधमा अपरान्ह ४ बजेपछि ५ बजेसम्म सूचना दिन सकिने छ ।

उम्मेदवारको नामावली शुक्रबार फिर्ता लिन पाइने छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन शुक्रबार दिउँसो ३ बजेसम्म हुनेछ। उम्मेदवारलाई शुक्रबारै कांग्रेसले पाउने रुख चिन्ह दिइने आयोगले जनाएको छ ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ