arrow

सहज यात्रातिर ऐनबहादुर शाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
mugu-election-2079.jpg

काठमाडौं । एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको मुगुमा गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका ऐनबहादुर शाही रहेका छन् । यस्तै नेकपा एमालेबाट राजकुमार कार्की चुनावी मैदानमा छन् ।

०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा मुगुमा वाम गठबन्धनबाट नेकपा एमालेका गोपालबहादुर बमले १३ हजार ३४ मत सहित जित हात पारेका थिए । नेपाली कांग्रेसका हस्तबहादुर मल्लले ९ हजार ८ सय ६१ मत प्राप्त गरेका थिए ।

यसपटक भने कांग्रेसका उम्मेदवार एनेबहादुर शाहीले मुगुमा जित हात पार्ने सम्भावना देखिएको छ । २०७९ को स्थानीय तह निर्वाचनको मत परिणाम हेर्ने हो भने मुगुमा नेपाली कांग्रेसले ८ हजार ९ सय ४९ मत प्राप्त गरेको छ। यस्तै माओवादी केन्द्रले ३ हजार ८ सय ७६ र नेकपा एकीकृत समाजवादीले १ हजार ४ सय ८५ मत प्राप्त गरेको छ ।

यसरी हेर्दा गठबन्धनसँग करिब १४ हजार मत देखिन्छ । एमालेले स्थानीय तहको निर्वाचनमा ९ हजार ८ सय ९४ मत प्राप्त गरेको छ ।

एमाले करिब पाँच हजार मतले गठबन्धनभन्दा पछाडि देखिनुले एमालेका उम्मेदवार राजकुमार कार्कीलाई जितका लागि चुनौती हुने देखिन्छ ।

गठबन्धनतर्फ नेपाली कांग्रेसका एनेबहादुर शाहीलाई भने जितका लागि सहज स्थिति देखिएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार कृष्‍णबहादुर सेजुवाल र भीम चन्द्र हमालसहित मुगुमा पाँच जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् ।

राप्रपाले स्थानीय तहको निर्वाचनमा ७० मत ल्याएको छ । 

यसरी मुगुमा नेकपा एमाले र गठबन्धनका उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा रहने देखिन्छ । गठबन्धनसँग बलियो मत रहेका कारण कांग्रेसबाट उम्मेदवार रहेका शाहीको जित हुने सम्भावना पनि बलियो रहेको छ ।

२०७४ को स्थानीय तहको निर्वाचनमा भने मुगुमा एमालेले ८ हजार ४ सय ६९, कांग्रेसले ८ हजार १ सय ६१, माओवादी केन्द्रले ३ हजार ९ सय १३ र राप्रपाले १ सय ६१ मत पाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ