arrow

चीन बन्यो आतङ्ककारीहरूको संरक्षक

logo
एजेन्सी,
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
unsc-kashmir.jpg
फाइल तस्बिर

काठमाडौँ। चीनले एकपल्ट फेरि आफ्नो भिटो प्रयोग गरेर लश्करका आतङ्की हाफिज तलहा सईदलाई वैश्विक आतङ्कीको सूचीमा सामेल हुनबाट जोगाएको छ। संयुक्त राष्ट्र सुरक्षा परिषद्का भारत र अमेरिकाको तर्फबाट सो प्रस्ताव ल्याइएको थियो।

मुम्बई आतङ्की हमलाको मास्टर माइण्ड हाफिज सईदको छोरा हाफिज तलहा सईद, पॉंचौं यस्ता आतङ्की हुन् जसलाई चीनले गत चार महिनामा ब्ल्याक लिस्ट हुनबाट बचाएको छ। चीनले एक दिनअघि पाकिस्तानी आतङ्की शाहिद महमूदलाई वैश्विक आतङ्कीको सूचीमा सामेल हुनबाट बचाएको थियो।

जम्मू-कश्मीरमा जिहाद भड्काउने हाफिज तलहा सईदलाई भारत सरकारले यसै वर्ष अप्रिलमा आतङ्कवादी घोषित गरेको थियो। उनी लश्कर ए तैयबामा आतङ्कीको भर्ती गर्ने, आतङ्की गतिविधिहरूका लागि धन जुटाउने तथा आतङ्की हमलाको षडयन्त्र रच्ने कार्यमा निकै सक्रिय थिए।

भारत र अमेरिकाले यूएनमा तलहा सईद विरुद्ध प्रस्ताव ल्याए, जस अन्तर्गत १२६७ अलकायदा सेंक्शन कमिटीको माध्यमद्वारा आशङ्कीहरूलाई ब्ल्याक लिस्ट गरिन्छ। तर, चीनले आफ्नो भिटोको प्रयोग गरेर उनलाई बचायो। चीनले गत चार महनामा लश्कर ए तैयबाका आतङ्कीहरू साजिद मीर, अब्दुल रहमान मक्की, अब्दुल रऊफ अजहर, शाहिद महमूदका साथै अब तलहा सईदलाई ब्ल्याक लिस्ट हुनबाट बचाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ