arrow

बढे डेंगीका बिरामी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २४ बिहिबार
dengue-1.jpg
तस्बिर – फाइल ।

काठमाडौं । सरकारी तथ्याङ्कअनुसार देशभर डेंगीबाट सङ्क्रमितको सङ्ख्या ५१ हजार एक सय ७७ पुगेको छ । तीन दिनमा नौ सय १४ नयाँ डेंगी सङ्क्रमित थपिएसँगै बुधबारसम्म सङ्क्रमितको सङ्ख्या ११ हजार एक सय ७७ पुगेको हो । 

तीन दिनमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै डेंगीबाट अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको हो  । 

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ३९ हजार छ सय २४ जना डेंगीका सङ्क्रमित छन् । लुम्बिनी प्रदेशमा चार हजार नौ सय १८, प्रदेश १ मा बीस हजार ८५, गण्डकी प्रदेशमा एक हजार सात सय २१, सुदूरपश्चिम प्रदेशमा आठ सय ९६ र कर्णाली प्रदेशमा छ सय ७६ जना सङ्क्रमित भइसकेका छन् ।  

यस्तै डेंगीबाट धेरै सङ्क्रमित भएका १० जिल्लामा काठमाडौँमा १३ हजार सात सय ८७, ललितपुरमा नौ हजार पाँच सय २२, भक्तपुरमा पाँच हजार चार सय ८९, मकवानपुरमा पाँच हजार तीन सय ४७, चितवनमा दुई छ सय २७, दाङमा दुई हजार तीन सय ८८, धादिङमा एक हजार चार सय ११ र रुपन्देहीमा एक हजार एक सय ९५ सङ्क्रमित छन् । 

तर सरकारी तथ्याङ्कभन्दा बाहिर हजारौं संक्रमित रहेका छन् । टोलटोलमा संक्रमित रहेको अवस्थामा उनीहरु सरकारी तथ्याङ्कमा समेटिन नसकेका हुन् । त्यस्तै मृतकसमेत बढी रहेको हुन सक्ने आँकलन भइरहेको छ । 

डेंगी रोकथामका लागि भने ठोस कदम चालिएको पाइँदैन । 



नयाँ