arrow

दार्चुलाको गोकुलेश्वर माविमा आमसभा गरेपछि आयोगले सोध्यो स्पष्टीकरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
election-commission-nepal.jpg

काठमाडौं ।  निर्वाचन आयोगले दार्चुलाको गोकुलेश्वर उच्च माध्यमिक विद्यालयमा आमसभा गरेकामा आयोगबाट विभिन्न उम्मेदवारलाई स्पष्टीकरण सोधिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार दार्चुलाका निर्वाचन अधिकृतलाई यस घटनाबारे आवश्यक कारबाही गर्नुका साथै प्रमुख जिल्ला अधिकारीलाई चार दिनभित्र यस घटनाको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको जानकारी दिए ।

दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं ९ स्थित गोकुलेश्वर उच्च माध्यमिक विद्यालय गोकुलेश्वरमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)समेतको दलको आयोजनामा गरिएको थियो ।

आयोगले निर्वाचन प्रचार-प्रसारका लागि चुनावीसभा आयोजना गरिएको विषयमा निर्वाचन आयोगले विद्यालयका प्रधानाध्यापक जनञ्जय जोशी, त्यस क्षेत्रमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार तथा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडू, प्रदेश सभाअन्तर्गत दार्चुला-१ (१)मा कांग्रेसका उम्मेदवार विक्रमसिंह धामी र प्रदेशसभा-१ (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उम्मेदवार तथा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ सबैले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (ग) मा ‘कुनै सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्था वा विश्वविद्यालय वा विद्यालय वा महाविद्यालयको क्षेत्र प्रयोग गरी निर्वाचनसम्बन्धी भेला वा प्रचार-प्रसार गर्न वा गराउन नहुने’ व्यवस्था छ ।

साथै, दफाको खण्ड (क) मा ‘सरकारी वा अर्धसरकारी निकाय वा सार्वजनिक संस्थाले त्यस्तो निकाय वा संस्थाको वा अन्तर्गतको कुनै परियोजनाको स्रोत, साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा हुने गरी प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ । उक्त व्यवस्थाविपरीत कार्य गरेकोप्रति आयोगले स्पष्टीकरण सोधेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ