arrow

सबै निर्वाचन क्षेत्रमा पुग्यो मतपत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
election-commission-election-2079.jpg

काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै निर्वाचन क्षेत्रमा मपतत्र पुर्‍याइएको छ । निर्वाचन आयोगका अनुसार देशभरका प्रतिनिधिसभातर्फ १६५ तथा प्रदेशसभातर्फ ३३० वटै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भएको हो । 

मतपत्रसहितका ५८ प्रकारका निर्वाचन सामग्री निर्वाचन क्षेत्रमा ढुवानी गरिएको हो । अब त्यहाँबाट हरेक मतदान केन्द्रमा मतपत्र पुर्याइने छ । संघ र प्रदेशको प्रत्यक्ष र समानुपातिक निर्वाचनका लागि दुई(दुई वटा मतपत्र छापिएका छन् । 

प्रत्यक्षका लागि ३ करोड ९७ लाख ८९ हजार ५ सय र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार मतपत्र छापिएको हो ।

 देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ