arrow

गठबन्धन बलियो हुँदा शंकर पोखरेललाई कठिन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
shankar-pokharel-uml-general-secretary-.jpg
तस्बिर – फाइल ।

दाङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन लडिरहेको लुम्बिनी प्रदेशको चर्चित निर्वाचन क्षेत्र दाङ– २ हो । त्यहाँ नेकपा एमालेका महासचिव पोखरेल र सत्ता गठबन्धनको समर्थनमा माओवादी केन्द्रकी नेत्री रेखा शर्माबीच प्रतिस्पर्धा हुँदैछ । 

२०७४ सालको चुनावमा दाङ– २ बाट माओवादीका कृष्णबहादुर महरा विजयी भएका थिए । महरा प्रतिनिधि सभामा विजयी हुँदा उनकै प्यानलबाट पोखरेल प्रदेश सभामा विजयी भएका थिए । चुनाव जितेपछि पोखरेल लुम्बिनी प्रदेश सरकारको पहिलो कार्यकालको मुख्यमन्त्री बनेका थिए । 

नेकपा विभाजनसँगै पोखरेल नेतृत्वको सरकार ढल्यो । चितवनमा सम्पन्न महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्य नेतालाई पाखा लगाएर पोखरेललाई महासचिव बनाए । 

नेपाली कांग्रेस र माओवादीको राम्रो जनमत भएको दाङ–२ बाट चुनाव जित्नु पोखरेलका लागि सहज छैन । 

अघिल्लोपटक एमालेको समेत समर्थन प्राप्त गरेका माओवादी उम्मेदवार कृष्णबहादुर महराले ३९ हजार ९ सय ५९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार राजु खनालले २६ हजार ३६ मत पाएका थिए ।

स्थानीय तहमा वडा तहमा पाएको मतका आधारमा यो क्षेत्रमा एमाले पहिलो दल हो । एमालेले ३३ हजार ५९३ पाउँदा कांग्रेसले २३ हजार ३०१ र माओवादी केन्द्रले १० हजार ४७८ मत पाएका  थिए । गठबन्धनको अर्को दल नेकपा एसले २ हजार ९४२ मत पाएको छ । 

सत्ता गठबन्धन बलियो भए यो क्षेत्रमा पोखरेललाई जीत निकाल्न कठिन देखिएको छ ।
 



नयाँ