arrow

नयाँ पुस्ताका लोकप्रिय गगन मजबुत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
gagan-thapa-rss.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नयाँ पुस्ताका लागि लोकप्रिय नेताको रुपमा रहेका कांग्रेसका महामन्त्री गगनकुमार थापाका कारण काठमाडौं– ४ यसपटक पनि चर्चाको शिखरमा छ । परिचित प्रतिद्वन्द्वी उम्मेदवार एमालेका राजन भट्टराईले थापासँग तेस्रो पटक प्रतिस्पर्धा गर्दैछन् ।

विद्यार्थी राजनीति गरेकै समयमा गणतन्त्रको नारा लगाएर चम्केका गगनले काठमाडौं– ४ बाट यसअघि लगातार दुईवटा चुनाव जितिसकेका छन् । २०७७ सालमा केपी ओलीले प्रतिनिधि सभा विघटन गर्दा सडकमा गएर विरोध गर्ने गगन कांग्रेसको पहिलो नेता थिए । 

विगतमा वामपन्थी गठबन्धन रहेको प्रतिकूल समयमा समेत सहज जीत हासिल गरेका गगनले यसपटक पनि अप्ठेरो महसुस गरेका छैनन् । चुनाव जितेपछि निरन्तर मतदातासँग सम्पर्कमा रहेका गगनले कोभिडको कालखण्डमा मतदाताको घर–घर पुगेर सहानुभूति बटुलेका छन् । 

खगेन्द्र संग्रौलाजस्ता वामपन्थी कित्ताका बुद्धिजीवी पनि अन्तिम समयमा गगन थापालाई जिताउन हिँड्ने गरेका छन् । 

२०७४ सालको चुनावमा गगन २१ हजार ५ सय ५८ मत पाएर विजयी भएका थिए । प्रतिद्वन्द्वी वामपन्थी उम्मेदवार राजन भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए । 

स्थानीय तह निर्वाचनमा वडा तहमा यो क्षेत्रबाट नेकपा एमालेले धेरै मत पाएको छ । गठबन्धनको कुल मत जोड्दा एमालेको भन्दा थोरै मात्र बढी छ । 

स्थानीय चुनावमा एमालेले १६ हजार ५०७, कांग्रेसले १५ हजार ७६३, नेकपा एसले २ हजार ४१४, राप्रपाले २ हजार २९३ र माओवादीले ८ सय ४४ मत पाएका थिए । गठबन्धनले गर्दा पनि गगन थापालाई यसपटक सहज भएको छ ।

त्यसो त गगनको आफ्नै व्यक्तित्व पनि काफी छ । उनको दल सत्तामा हुँदा पनि गलत विषय सरकारले उठायो भने त्यसको खरो आलोचना गर्छन् । र विपक्षमा हुँदा सरकारले राम्रो गरेको रहेछ भने प्रशंसा गर्छन् । 

त्यसैले पनि उनी मुलुकको नेतृत्व हाँक्ने हैसियतमा पुगिसकेको दाबी राजनीतिक वृत्तले गरिरहेको छ । उनले आफू सक्षम भएको प्रमाण पेश गरिरहेका छन् । 

मंसिर ४ नजिकिँदै गर्दा उनको दिनानुदिन मत बढिरहेको विश्लेषण काठमाडौं ४ मा भइरहेको छ । छोटो समयका लागि स्वास्थ्यमन्त्री हुँदा उनले देखाएको काम र अहिले पनि त्यतिबेलाका निर्णयलाई कार्यान्वयन गरिरहेको विषय चर्चामा छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ