arrow

मुलुकको समृद्धि र विकासका लागि गठबन्धनलाई जिताउनुस् : किशोरसिंह राठौर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
kishore-singh-rathore.jpg
फाइल तस्बिर

बाँके (बैजनाथ)। नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवम् बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार किशोरसिंह राठौरले मुलुकको समृद्धि र विकासका लागि पाँच दलीय गठबन्धनलाई जिताउनुको विकल्प नभएको बताएका छन्। बाँके क्षेत्र नम्बर ३ अन्तरगत पर्ने बैजनाथ गाउँपालिकाको वडा नम्बर १, ८ लगायत स्थानमा मतदाता भेटघाट तथा घरदैलोका क्रममा उनले यस्तो बताएका हुन्।

‘संविधान बचाउन र यो देशमा विकास तथा समृद्धि ल्याउनका लागि नै पाँच दलबिच गठबन्धन बनेको हो,’ उनले भने ‘संविधानलाई जोगाउने हो र विकास तथा समृद्धि चाहिने हो भने यही गठबन्धनलाई आउँदो निर्वाचनमा जिताउन जरुरी छ।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताको नेतृत्व गर्दा दुई पटक संसद् विघटन गरेको इतिहास जनतालाई राम्रोसँग थाहा भएकाले एमालेलाई मतदान गरेर जनताले गल्ती नगर्ने उनको विश्वास छ। बाँकेको क्षेत्र नम्बर ३ को विकास गर्नकै लागि आफू चुनाव लडेको नेता राठौंरले प्रस्ट्याए।

नेपाली काँग्रेसले नेतृत्व गरेको बैजनाथ गाउँपालिका अध्यक्षको विशेष पहलमा भूमिहीन, सुकुम्वासीका लागि मालपोत कार्यालय बाँकेले आवश्यक प्रक्रिया अगाडी बढाइसकेको उनले बताए। सो क्रममा अधिकांश मतदाताले बाँके क्षेत्र नम्बर ३ को विकासका लागि राठौरको उम्मेदवारी आवश्यक रहेको प्रतिक्रिया दिएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ