arrow

बागी पन्छाउँदै सर्लाही ४ मा सहज जितको आशामा कांग्रेस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
congress-flag-final-final.jpg
तस्बिर – फाइल ।

सर्लाही । सर्लाही ४ मा मुख्य गरी दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ। सत्ता गठबन्धनबाट नेपाली काग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्रको उम्मेदवारी छ ।

यहाँ राप्रपाबाट महेश महतो र जनमत पार्टीबाट रामबाबु राय पनि उम्मेदवार छन् । केही स्वतन्त्र पनि मैदानमा छन् । कांग्रेसबाट २०७४ मा चुनाव जितेका अमरेशकुमार सिंह पनि स्वतन्त्र उम्मेदवार छन्। २६ वर्षीया मधुमालाकुमारी यादव पनि स्वतन्त्र उम्मेदवार छिन् । उनी माओवादी नेता शिवपुजन राय यादवकी छोरी हुन् ।

अमरेशमुकार सिंहले नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्। सिंहको नाम कांग्रेस सर्लाहीले उम्मेदवारका रूपमा सिफारिस गरेको थिएन। सिंह यसअघि कांग्रेस महाधिवेशन प्रतिनिधिमा पनि पराजित भएका थिए ।

बैशाख ३० मा भएको स्थानीय तह चुनावको मत हेर्दा यहाँ कांग्रेस नेतृत्वको सत्ता गठबन्धन निकै अगाडि छ । एमाले–जसपा गठबन्धनको १८ हजार ८ सय मत देखिन्छ। तर सत्ता गठबन्धनका पक्षमा ६१ हजार ७ सय ११ मत पुग्छ ।

कांग्रेस उम्मेदवार नागेन्द्रले आफूहरूको जित निश्चित रहेको बताए ।  ‘हामी चुनावी घरदैलो गरिरहेका छौँ। माहौल राम्रो छ,’ उनले भने, ‘स्वतन्त्र उठेका अमरेशकुमारले धरौटी जोगाउन सक्दैनन् ।’ त्यसमा पनि आफू वर्षौँदेखि स्वयंसेवी रूपमा नागरिकको काम गरिरहेको रायले बताए । फराकिलो मतान्तरले सत्ता गठबन्धन विजयी हुने उनको दाबी छ।

जसपाबाट प्रतिनिधि सभा उम्मेदवार रहेका राकेशले किसानका मुद्दा उठाउँदै आएका छन्। किसानका मुद्दामा साथ दिँदै आएकाले त्यही बलमा चुनाव जित्ने दाबीसमेत उनले गर्ने गरेका छन्।

सर्लाही ४ को समृद्धिका लागि जनताका लागि काम गर्न सक्ने नेता मङ्सिर ४ मा निर्वाचित गर्नुपर्ने पनि उनी बताउँछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ