arrow

कैलाली-५ (ख) मा प्रकाश देउवा बलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार
WhatsApp Image 2022-11-11 at 4.54.29 PM.jpeg

कैलाली । सुदूरपश्चिम प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत कैलाली ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशबहादुर देउवाको जित्ने आधार बलियो देखिएको छ । 

वाम लोकतान्त्रिक गठबन्धनको फाइदा लिँदै प्रकाश देउवाले नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीलाई चुनौती दिएका छन् । कैलाली ५ को प्रदेश सभा ख मा ०७४ को निर्वाचन वामगठबन्धन हुँदा हुँदै पनि कांग्रेसका उम्मेदवार डिल्लीराज पन्तले ११ हजार २ सय ५३ मतसहित जित हात पारेका थिए । 

वाम गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रका उम्मेदवार रमेशसिंह धामी ९ हजार  ४ सय ८४ मत ल्याएका थिए ।    

यस पटक कैलाली (ख) मा कांग्रेसका प्रकाश देउवा र एमालेका दुर्गा जोशी बाहेक एक स्वतन्त्रसहित ६ जना प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् । 

यहाँ नागरिक उन्मुक्ति पार्टीका गोठु चौधरीलगायतका अन्य उम्मेदवारहरुले पनि बलियो प्रतिस्पर्धा राखे पनि मुख्य रुपमा नेकपा एमाले र गठबन्धनका लागि कांग्रेसका उम्मेदवार देउवाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

कांग्रेस आफ्नै पुरानो पकड देखिएको कैलाली (ख) मा अहिले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँगको गठबन्धनले यो क्षेत्रमा प्रकाश देउवाको जित झनै सहज हुन सक्ने देखिन्छ । यसका विपरीत एमालेका उम्मेदवार दुर्गा जोशीलाई भने गठबन्धनको चुनौती हुने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ