arrow

कलाकारहरु गठबन्धनका उम्मेदवारलाई भोट माग्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २५ शुक्रबार

चौतारा । चर्चित हास्य कलाकार सुरवीर पण्डित ‘दारी बाजे’ ले सिन्धुपाल्चोकमा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।  

हाँस्य प्रस्तुतिमा दारी बाजे नामले चर्चित पण्डितले सिन्धुपाल्चोक १ मा भएका विभिन्न कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा र प्रदेश सभा उम्मेदवार मसिना खड्कालाई जिताउन अपील गरे ।

लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुतिसहित सापकोटा र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।

यसअघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ‘अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भा छैन, सुबोध, सरल, मसिनालाई नजिताई भा’ छैन’ बोलको गीत गाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ