arrow

भृकुटी कागज कारखाना र श्रमिक समस्या निर्वाचनपछि समाधान हुन्छ – डा शशाङ्क कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
dr-sashank-koirala-election-2079.jpg
तस्बिर – फाइल ।

मध्यविन्दु । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. शशाङ्क कोइरालाले निर्वाचनपछि भृकुटी कागज कारखाना र श्रमिकको समस्या समाधान हुने बताएका छन् । 

 गैँडाकोटमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालकै ठूलो कारखाना भृकुटी कागज कारखाना बन्द अवस्थामा रहेकाले यसको समस्या छिट्टै समाधन हुने बताए । “जीर्ण कारखाना र कार्यरत कर्मचारीका विषयमा गम्भीरतापूर्वक समस्या समाधानको लागि परेको छु । चुनाव लगत्तै समस्या समाधान हुनेछ”, नेता कोइरालाले भने । 

केही वर्षअघि मात्रै रुग्ण उद्योगबारे सरकारलाई सुझाव दिन गठित समितिले निजीकरण भएको ३१ वर्षपछि भृकुटी कागज कारखानाको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सुझाव दिएको र सरकार जग्गा फिर्ता गराउन लागि परेको उनले स्पष्ट पारे । 

“उद्योग भएको स्थानमा स्थानीयसँग छलफल गरी खाली जग्गा उपभोगमा ल्याइने छ”, उनले भने, “रुग्ण उद्योगाका बारेमा गम्भीतापूर्वक लागि परिने छ ।” राजनैतिक स्थिरताका लागि बहुमत आवश्यक भएको र आफूहरूले बहुमत पाए स्थिरतासहित विकास दिने उनले बताए । 

आफू चौथो पटक नवलपुरका जनताको प्रतिनिधित्व गर्न अगाडि बढेको उल्लेख गर्दै नेता कोइरालाले यसअघिका कार्यकाल संविधान निर्माण र कार्यान्वयनका काममा खर्चिएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ