arrow

‘महामारीमा जनतालाई लुट्नु भयो’ भन्दै ईश्वर पोखरेलप्रति प्रदीप पौडेल आक्रोशित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
pradip-poudel-2079-07-26.jpg

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् । 

काठमाडौं क्षेत्र नं ५ का उम्मेदवारसमेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिष्पर्धी पोखरेलले पटकपटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।  

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहन्छु । तपाईले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाईले केही पनि गर्न सक्नुभएन’ पौडेलले भने । 

त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए । त्यसैगरी आफूहरुले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरु पूरा गर्नेसमेत बताए । 

‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो ।’ उनले भने, ‘त्यसकारण तपाईको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरु पुरा गरेर देखाउनेछौँ ।’ 

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे । स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्धा उठाउँदै आएको तर आफूहरुले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए । 

‘स्वतन्त्र उम्मेदवार साथीहरुलाई म भन्न चाहन्छु । तपाईहरुले वैकल्पिक राजनीतिका बारेमा बहस गर्नुभयो । तपाइँहरुलाई स्यालुट गर्न चाहान्छु । म यो पनि भन्न चाहान्छु, वैकल्पिक राजनीतिको वकालत गर्ने साथीहरु पार्टीमा पनि छन् ।’ उनले भने । 

निर्वाचनका बेला आफूलाई विपक्षीले टुरिस्ट उम्मेदवार रहेको हल्ला फिजाएको भन्दै त्यसप्रति स्पष्ट पारेका छन् ।  उनले आफू २०४३ सालबाट निरन्तर काठमाडौं बस्दै आइरहेको र राजधानी सबैको साझा हुने भएकाले आफूलाई टुरिस्ट भन्नु उचित नभएको स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ