arrow

काभ्रे २ बाट शिव हुमागाईको उम्मेदवारी किन ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
shiva-humagai-kavre-2079-07-26.jpg

बनेपा । नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोक जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका साझा सम्मेदवार शिवप्रसाद हुँमागाईले निष्ठाको राजनीति गर्न आफ्नो उम्मेदवारी भएको बताएका छन् । 

आज बनेपामा बौद्धिक समूह काभ्रेपलाञ्चोकको आयोजना तथा लोकतन्त्रवादी प्रभ्यापक संघ काभ्रेपलाञ्चोकको समन्यमा आयोजना गरेको बौद्धिक समूह भेला कार्यक्रममा बोल्दै नेता हुँमागाईले काभ्रेका राजनीतिकर्मीहरुको प्रतिष्ठालाई उच्च राख्ने काममा धेरै व्यक्तिहरुले काभ्रेली माटो र मतदाता बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई अनुहारमा असजिलो हुने खालको अवस्था अहिलेसम्म नगरेको बताउँदै पछिल्लो समयमा उम्मेदवार एमालेका नेता गोकुलप्रसाद बाँस्कोटाको अडियो बाहिरिएसँगै काभ्रेलीहरुको अनुहारमा लगाएको धब्बा मेटाउनका लागि लोकतान्त्रिक वाम गठबन्धन गरेर निर्वाचनमा उभिएको उनको भनाइ छ । 

सत्यको पक्षमा लडेको र विभिन्न आन्दोलन र क्रान्तिबाट प्राप्त गरेको उपलब्धि गुमाउने गरी गरेको कार्यको बारेमा प्रस्ट पार्दै बौद्धिक जगतले त्यस विषयमा सोच्नुपर्ने बेला आएको उनले बताए । 

‘यदि आफ्नो विषयमा अडियो बाहिरिएको भए आज राजनीतिमा नै हुने थिइन’, उनले भने, ‘शिर उठाएर हिँड्न नसक्ने अवस्थामा पुर्याए पनि तिनका समर्थकहरु सञ्चारमाध्यममा आउने र मत माग्ने काम गर्दै त्यो छोप्नको लागि विकासको खोल ओढेको छ ।’ 

निर्वाचन क्षेत्र नं २ का ६६ वटा वडाहरुमा संघबाट केही पनि योजना आएको नपाएको उल्लेख गर्दै उनले नियमित प्राप्त हुने बजेटबाहेक केही पनि थप नपाएको उनले बताए । 

सो क्रममा उनले कांग्रेस र कम्युनिष्टको नाममा निष्ठा, नैतिकता, त्याग तपस्या, बलिदान, आदर्श सिद्धान्त र अधिकारको लागि जीवनभरि लड्दै आएका व्यक्तिहरु भएको दाबी गरे । 

नेपाली माटोमा कहीँ पनि दाग नलाग्ने गरी हिँड्ने पात्रको रुपमा उभिन आफ्नो उम्मेदवारी भएको उनले बताए । कार्यक्रममा नेकपा एकीकृत समाजदावीका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा १ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार लक्ष्मण लम्सालले सांसदहरुको काम विकास र समृद्धिको लागि नीति, विधि र योजना तयार गर्ने भन्दा पनि विकासे नेताको रुपमा मात्रै हेरेको बताउँदै अब त्यसलाई बौद्धिक समुदायले नीतिगत रुपमा नै हेर्न आवश्यक रहेको बताए । 

अहिलेको निर्वाचन लोकतन्त्र र संविधानको रक्षाका लागि भएको उल्लेख गर्दै उनले सुशासन र समृद्धिको पक्ष तथा कर्म र व्यवहारबीचको लडाई भएको बताए ।

सो क्रममा उनले शिक्षा क्षेत्रमा भएको समस्या समाधानको लागि नीति निर्माणको तहमा केल्ने भूमिका र ऐन, नियम र कानून बनाउने ठाउँमा आफू दृढ भएर उभिने प्रतिबद्धता व्यक्त गरे । 

समाजलाई नेतृत्व गर्ने नै बौद्धिक मान्छे भएकाले विचार, पक्षधरता र दृष्टिकोण भएकाले उनीहरु नै हात बाँधेर बसेको खण्डमा राम्रो मान्छे र पात्रले जित्ने अवस्था नरहने भएकाले बौद्धिक समूह पनि जाग्नुपर्ने बेला आएको हुमागाईको भनाइ छ ।

पूर्व राज्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ अन्तर्गत प्रदेश सभा २ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार कञ्चनचन्त्रद्र बादे श्रेष्ठले निर्वाचनमा बौद्धिक व्यक्तिहरुले समाजमा प्रस्ट कुरा राखेर समाजलाई उचित ढंगले डोहोर्याउन आवश्यक रहेको बताए । 

सो क्रममा उनले संविधानको अपनत्व नचाहनेहरुबाट नै आजको अवस्थामा आएको बताउँदै त्यसबाट मुक्ति पाउनका लागि पनि गठबन्धनको उम्मेदवार विजयी हुन अनिवार्य भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ