arrow

‘समुन्नत र समृद्ध गोरखाको लागि’ : अब विकास भन्दै राजेन्द्र बजगाईले ल्याए ३० बुँदे प्रतिबद्धता पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २६ शनिबार
rajendra-bajgai-evergreen.jpg

गोरखा । नेपाली कांग्रेसका नेता एवं गोरखा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाईले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । ‘समुन्नत र समृद्ध गोरखाको लागि’ : अब विकास नाम दिएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार बजगाईले प्रतिबद्धता पत्र ल्याएका हुन् । 

उनले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न पहल गर्ने बुँदालाई एक नम्बरमा राखेर ३० बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् । 

उपचार नपाएर छट्पटाएकाहरु भेट्नासाथ हेलिकोप्टरमार्फत उद्दार गर्दै आएका नेता बजगाईले हेलिकोप्टरबाट पनि उद्दार गर्न कठिन दुर्गम बस्तीका ठाउँ पहिचान गरी कम्तीमा घना बस्ती र वडाहरुमा हेलिप्याड निर्माण गर्ने बुँदासमेत समेटेका छन् । 

उनले विशेष गरी गोरखाका स्थानीयलाई केन्द्रबिन्दुमा राखेर प्रतिबद्धता पत्र तयार गरेका छन् । 

निकै उत्साहका साथ प्रचारप्रसारमा लागेका बजगाई पाँच दलीय गठबन्धनका संयुक्त उम्मेदवार हुन् । यही कारण पनि उनी जितका प्रमुख दाबेदार भएको बताइन्छ । 

यस्ताे छ प्रतिबद्धता पत्र–


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ