arrow

दार्चुलामा दुई अस्थायी मतदान केन्द्र

कैदीबन्दीसहित २३९१ जनाले मतदान गर्ने 

logo
प्रकाशचन्द्र भट्ट,
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
election 2079.jpg

दार्चुला । दार्चुलामा दुई अस्थायी मतदान केन्द्र कायम गरिएका छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिकमा मतदान गर्नका लागि दुई अस्थायी मतदान केन्द्र कायम गरिएका हुन् । 

अस्थायी मतदान केन्द्रमार्फत कैदीबन्दी र निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले मतदान गर्न पाउनेछन् । कैदीबन्दीहरुका लागि जिल्ला कारागार र अन्य कर्मचारीहरुका लागि घरेलु तथा साना उद्योग कार्यालयको भवनमा अस्थायी मतदान केन्द्र स्थापना गरिने जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकारी प्रदीप सिंह धामीले जानकारी दिए। 

दार्चुला कारागारका २५ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् । जिल्ला कारागार कार्यालय दार्चुलामा कैद भुक्तान गरिरहेका कुल ६० जनामध्ये २५ जनाले मतदान गर्न पाउने निर्वाचन अधिकारी धामीले बताए । 

२५ जना मध्ये १ जना महिला र २४ जना पुरुष रहेको कारागारका जेलर रामराज पन्तले जनाए । जिल्लामा २ हजार ३ सय ९१ जना अस्थायी मतदाता रहेका छन् । दार्चुलाका निजामती कर्मचारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाले घरेलु तथा साना उद्योग कार्यालय परिसर भित्र स्थापना गरिने अस्थायी मतदान केन्द्रबाट मतदान गर्नेछन् । 

दार्चुलामा प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ११२ मतदान स्थल र १४१ मतदान केन्द्र तोकिएका छन् । जिल्लामा ८९ हजार १ सय ५४ जना मतदाता रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ