arrow

अर्थविद्हरु भन्छन् – देश बनाउन महाभारतको कृष्ण आउँदैनन्, शेखरहरुले नै बनाउने हो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
economists-biratnagar-election.jpg

विराटनगर । अर्थविद्हरुले विराटनगर पुगेर २०७४ सालमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताएका छन् । कांग्रेस युवा नेता एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले विगतमा डा शेखर कोइरालाले निर्वाचन हारेर ठूलो राजनीतिक दुर्घटना भएको बताए । 

‘डा शेखरले २०७४ मा निर्वाचन जितेको भए अहिले राष्ट्रिय राजनीतिको परिस्थिति अर्कै हुने थियो’, वाग्लेले भने । त्यस्तै कांग्रेस केन्द्रीय सदस्य एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले शेखर कोइराला केही गर्न सक्ने ईच्छाशक्ति भएको नेता भएको बताए । 

राजनीति भित्रको विकृति हटाउन पनि डा. शेखरको भूमिका जरुरी रहेको उनले बताए । नेपाल सरकारका पूर्व मुख्य सचिव डा. बिमल कोइरालाले डा. शेखर कोइरालासँग मुलुकको भविष्य जोडिएको बताए । उनले भने, ‘देश बनाउन महाभारतको कृष्ण आउँदैनन्, शेखरहरुले नै मुलुक बनाउने हो ।’

नेपाली कांग्रेस विराटनगर महानगर समिति विराटनगरले आयोजना गरेको ‘समसामयिक आर्थिक अवस्था र नेपाली राजनीति विषयक अन्तरक्रियामा उनीहरुले आफ्नो धारणा राखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ