- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुरधाम । आगामी मङ्सिर-४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि धनुषा जिल्ला निर्वाचन क्षेत्र नम्बर दुईमा मुख्य रूपमा चार जना नाम चलेका नेतहरुबीचको कडा प्रतिस्पर्धा रहेकाले चुनावी दौड रोमाञ्चक देखिएको छ। जनतासँग मत माग्ने क्रममा प्रचार प्रसारका लागि पूर्वी क्षेत्रका उम्मेदवार पश्चिम तिर र पश्चिमतिरका उम्मेदवार पूर्वतिरको गाउँमा पुगेर जनताको विश्वास आर्जनमा जुटेका छन् ।
धनुषा जिल्ला सदरमुकामदेखि पूर्वको औरही गाउँ पालिकाका निवासी नेपाली काँग्रेसका पूर्व मन्त्री रामकृष्ण यादव आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका गाउँबाट २० किलोमिटर टाडा कमला किनारको गाउँ नाथपट्टी, बिषरभोरा, हरिने, हथमुण्डा,लक्कर, सखुवा मड़ान तिरमा जनतामाझ पुगेका छन् । त्यही कमला किनारका नाथपट्टी गाउँका स्थानीयवासी नेकपा एमालेका उम्मेदवार उमाशङ्कर अरगडि़या यादवको गाउँ तिर मत मागिरहेका भेटिए ।
कांग्रेसका उम्मेदवार यादवले -‘संविधानका रक्षाका लागि, वर्तमान लोकतान्त्रिक व्यवस्थाको सुदृढताका लागि र जनचाहना अनुसारको विकास, शान्ति, र विकास तथा सुशासनका लागि काँग्रेसलाई जिताउन आवश्यक छ भने आशययुक्त अभिव्यक्ति दिए ।
क्षेत्र दुईमा उनका कम्पिटीटर कोहो भन्ने जिज्ञासामा नेकाँ नेता यादवले ‘मलाई कसैसँग कुनै प्रतिस्पर्धा नै छैन । मेरो प्रतिस्पर्धा म एक्लैसँग छ । जनताको घरदैलोमा आउँदा उनले माया दिएकै छ । हामीले विगतमा गरेका कार्यहरूको मूल्याङ्कन जनताले गरेर नै मलाई मत हाल्नु हुनेछ । मेरो जीत सुनिश्चित रहनेछ भन्दै तर्क दिए ।
त्यस्तै नेकपा एमालेका उम्मेदवार पूर्व मन्त्री उमाशङ्कर अरगडिया यादवको गाउँमा मत मागी रहेका थिए । उनले विकास र समृद्धिको पूरक पात्र एमाले नेता केपी शर्मा ओली रहेको र त्यहीँ ओलीका पार्टीका सिपाही भएर आएको सुनाइरहेका थिए । अरगडिया यस अघि लोसपा नेपालमा रहेका थिए ।
उनले जनताहरूलाई भने,' तपाईँको सुख दुखमा सँग रहने सही पात्र मनै हुँ भनेर पाँच वर्षसम्म संसद, मन्त्री भएकाहरू क्षेत्रमा पाँच बटा इंटापनि कतै जोडेका छन् भने देखाउन भन्नुस् अनि मत दिनु होला ।' जनतालाई आफ्नो पक्षमा पार्न उनले भने ।
धनुषा क्षेत्र नं.२ अत्यन्त पिछडिएको क्षेत्र हो । शिक्षा, स्वास्थ्यको क्षेत्रमा सुधारको खाचों छ । बाटो बनाउनु पर्ने, बनेको बाटो पीचिङ्ग गर्नुपर्ने जनताको मूलभूत आवश्यकता छ । पाँच वर्षमा अरूले गर्न नसकेको काम दुई वर्षमा गरेर देखाएका छौं । मेरो इमान्दारीता, कर्मठता, धैर्यता र साहस एवं जनताप्रतिको सिनेहाभाव नै मेरो जीतको सुनिश्चित आधार हो भन्ने कुरा पनि नेता अरगडि़याले आफ्ना शुभचिन्कहरुलाई मत माग्ने क्रममा भन्दै थिए ।
नेता अरगडि़य सँगै धनुषा क्षेत्र नं.२(क)प्रदेशसभा सदस्यकारुपमा एमालेसँग आबद्ध लखन दासले चुनावी प्रचारप्रसारको क्रममा पाँच बटा कुराहरू शीघ्रतासाथ गर्ने बताए । । उनले एकात्मक शिक्षा प्रणाली अपनाउनु पर्ने, सीमा क्षेत्रका जनताको समस्याका निकास कालागि भन्सार ऐन संशोधन गराएर कमिशनतन्त्रलाई निरुत्साहित गरी व्यवस्थित नाका गराउने, स्वास्थ्य, शिक्षामा सुधार, कृषि र सिँचाइ सुविधाको उचित व्यवस्थापन गर्नुपर्ने जस्ता मूलभूत परिवर्तन गर्ने बताए ।
क्षेत्र दुईमा नेकपा एकीकृत समाजवादीका रामचन्द्र झा, नेकपा एमालेबाट जसपा नेपालमा प्रवेश गरेर चुनावी दौडका लागि टिकट लिएका गङ्गाराम यादव सहित तीन दर्जन भन्दा बढी उम्मेदवार प्रतिस्पर्धामा छन् ।