arrow

राजनीतिलाई पेसा बनाउनु हुँदैन : स्वतन्त्र उम्मेदवार साह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
harishankar-saha.jpg

जनकपुरधाम। राजनीतिमा आफ्नो सक्रियता निजी स्वार्थपूर्तिका लागि नभई समाजसेवाका खातिर भएको धनुषा क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य  स्वतन्त्र उम्मेदवार हरिशंकर साहले बताएका छन् । साहले कुरा गर्दै भने ‘राजनीतिलाई पेसा बनाउनुहुँदैन, राजनीति भनेको समाज सेवा हो । यही सोचका साथ सबै जुट्ने हो भने हाम्रो सुन्दर देश माथि उठ्न धेरै समय लाग्दैन ।’साहले जनताको समस्या नै आफ्नो प्रमुख एजेण्डा रहेको बताउँदै जनताकै लागि आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताएका छन् ।  

धनुषा क्षेत्र नम्बर-३ (ख)का स्वतन्त्र उम्मेदवार हरिशंकर साहले शनिवार घरदैलो सम्पन्न गरेका छन् । प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार हरिशंकरले आफ्नो क्षेत्रका १५ वटै वडाको घरदैलो सम्पन्न गरेका हुन्। अहिलेको सङ्कटबाट प्रदेशलाई पार लगाउने विषय पनि शिक्षा, स्वास्थ्य र रोजगारीको एजेन्डामै निहित छ । यी एजेन्डाको समुचित सम्बोधन हुन सक्यो भने यो प्रदेश पनि सङ्कटबाट माथि आउँछ’, साहले भने । 

धनुषामा पनि ठुला दललाई नयाँ दल र स्वतन्त्र उम्मेदवारहरूले चुनौती खडा गरिरहेका छन् । यिनै स्वतन्त्रहरूको बीचमा छन्, प्रदेशसभा सदस्य पदका उम्मेदवार हरिशंकर साह उनी पछिल्लो लहरबाट प्रभावित भएर स्वतन्त्र उम्मेदवारी दिएका भने हैनन् ।  उनको घरदैलोमा सयौँ स्थानीय पनि सहभागी भएका थिए । घरदैलोका क्रममा उम्मेदवार साहलाई मतदाताको घरमा पुग्दा उनीहरूले नै खानासमेत खुवाउने गरेका थिए ।

घरदैलोपश्चात् उम्मेदवार साहले विकासका निम्ति आफ्नो जित अपरिहार्य रहेको बताए । उनले मतदातासँग आफ्नो अमूल्य मतका लागि अपिल गरेका छन् । साहले जनताले आफूलाई साथ र सहयोग गर्ने कुरामा आफू पूर्ण विश्वस्त रहेको बताए । साहले आफू स्वतन्त्र निर्वाचित हुँदा जनताको प्रतिनिधिको रूपमा पनि स्वतन्त्र नै रहने र जनताको म्याण्डेटविना कुनै पनि हालतमा विश्वासघात नगर्ने दाबीसमेत गरे ।

आफ्नै भिजन र लोकप्रियताका आधारमा चुनाव जित्ने साहले बताए । ‘मेरो मूल नारा पूर्वाधार विकास हो । अरूले पनि यसै भन्छन्, तर वाचा पूरा गर्दैनन् । मचाहिँ वाचा गरेपछि लागू गरेरै छाड्ने खालको मान्छे हुँ’, उनले भने ।

धनुषा-३ (ख) मा बाटोघाटो, शिक्षा, स्वास्थ्य, रोजगार र खानेपानी आवश्यकता पूर्ति गर्ने मुद्दा नै आफ्नो मूल एजेन्डा भएको साहले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ