arrow

टेलिकमले ल्यायो निर्वाचन अफर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
telecom-offer-2079-07-27.jpg

काठमाडौं । आगामी मंसिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सूचना आदान प्रदान गर्न र निर्वाचन परिणाम थप सहजाताकासाथ मोबाइलमै प्राप्त गर्नका लागि नेपाल टेलिकमले निर्वाचन अफर उपलब्ध गराएको छ । 

यस अफरमार्फत अझ सहज दरमा डाटा र भ्वाइस प्याकहरु उपलब्ध गराइएको कम्पनीले जनाएको छ । डाटा प्याक अन्तर्गत १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डाटा जम्मा रु. २९४ मा उपलब्ध छ । यसैगरी ६ जीबी डाटा ३ दिनसम्म प्रयोग गर्न सकिने प्याक जम्मा रु. ९८ मा उपलब्ध छ । 

टेलिकमले एक दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस डाटा प्याक र अननेट अनलिमिटेड भ्वाइस प्याक जम्मा रु. ४९ मा उपलब्ध हुने जनाएको छ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिने पनि जनाइएको छ ।  

यो अफर आज कात्तिक २७ देखि आगामी मंसिर ११ गतेसम्म उपलब्ध हुनेछ । आगामी मंसिर ११ गतेसम्म मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने टेलिकमले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ