arrow

रोल्पा प्रदेश सभा निर्वाचन: कांग्रेसलाई माओवादीको भर र डर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
rolpa-pradesh-election-2079.jpg

काठमाडौं । दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको रोल्पामा नेकपा माओवादी केन्द्रको स्थिति बलियो रहेको छ । सत्ता गठबन्धनले रोल्पा प्रदेश सभामा साझा उम्मेदवार उठाउँदा यो पक्षलाई प्रमुख प्रतिद्धन्द्धी दलका रुपमा रहेको एमालेलाई चुनौती थपेको छ।

रोल्पा (क)

प्रदेश सभा निर्वाचन क्षेत्र रोल्पा(क) अथवा रोल्पा १ मा गठबन्धनबाट नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा चुनावी प्रतिस्पर्धामा रहेका छन् । यस्तै नेकपा एमालेबाट कमलबहादुर बुढाथोकी प्रमुख प्रतिद्धन्द्धीका रुपमा रहेका छन् ।

राप्रपा नेपालका गन्ज बहादुर शाही र राप्रपाका पदमबहादुर थापा पनि चुनावी मैदानमा छन् । यद्यपि प्रमुख प्रतिस्पर्धा नेकपा माओवादी केन्द्रका जोखबहादुर महरा र एमालेका कमलबहादुर बुढाथोकीबीच हुने देखिएको छ । 

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा प्रदेश सभा रोल्पा १ मा माओवादी केन्द्रका कुलप्रसाद केसी १८ हजार ५ सय १२ मतले विजयी हुँदा कांग्रेसका शेरबहादुर महराले १० हजार ४ सय १ मत ल्याएका थिए।

माओवादीको बलियो पकड र कांग्रेसमेत बलियो रहेका कारण रोल्पा १ मा गठबन्धनका उम्मेदवार जोखबहादुरको जित्ने सम्भावना बलियो रहेको छ ।

रोल्पा (ख)
प्रदेशसभा निर्वाचन क्षेत्र २ अथवा रोल्पा (ख) मा गठबन्धनका साझा उम्मेदवारका रुपमा नेपाली कांग्रेसका अमरसिंह पुन रहेका छन् भने नेकपा एमालेका प्रेमबहादुर घर्तीमगर चुनावी मैदानमा छन् ।

तर यसै प्रदेश सभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका दीपेन्द्रकुमार पुनले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

माओवादी केन्द्रले दीपेन्द्रकुमारको उम्मेदवारी निष्क्रिय पार्ने भने पनि त्यसो नहुँदा यहाँ बलियो त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। यसो हुँदा गठबन्धनका लागि कांग्रेसका उम्मेदवार अमरसिंह पुनलाई चुनौती हुन सक्ने हो कि भन्ने स्थितिसमेत देखिएको छ ।

तर सिंहको व्यक्तिगत प्रभाव भने बढी नै रहेको छ ।

रोल्पा २ मा राप्रपा नेपालका केशरबहादुर  पुन र राप्रपाका सेते दमाई पनि चुनावी मैदानमा छन् । माओवादी केन्द्रले स्वतन्त्रबाट उठेका दीपेन्द्रकुमारलाई सहयोग गरेको खण्डमा उनलाई झनै चुनौती हुने देखिएको छ।

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा प्रदेश सभा रोल्पा २ मा माओवादी केन्द्रका यी नै दिपेन्द्रकुमार पुन मगरले २४ हजार ४ सय ९० मतले जित हात पारेका थिए । कांग्रेसका खगेन्द्रप्रकाश हमालले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ