arrow

दाङ २ का दुवै प्रदेश सभामा कांग्रेस मजबुत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
dang-pradesh-2-sabha-election-2079.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि १, २ र ३ गरी तीन निर्वाचन क्षेत्र रहेको दाङमा हरेक प्रतिनिधि सभा निर्वाचन क्षेत्र २ प्रदेश सभा निर्वाचन क्षेत्र रहेका छन् ।

दाङ २ का दुवै प्रदेश सभा सदस्य निर्वाचन क्षेत्रमा गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार बलिया देखिएका छन् । प्रदेश सभा सदस्यका लागि दाङ २ (क)मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजु खनाल र एमालेका बलिभद्र रानाको प्रमुख प्रतिस्पर्धा रहेको छ ।

यस्तै प्रदेश सभा सदस्यका लागि दाङ २ (ख) मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकै प्रचण्ड न्यौपाने र एमालेका गिरिराज केसीबीच प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ।

दाङ २ (क)
दाङ २ (क) मा कांग्रेसका राजु खनाल एमालेका बलिभद्र रानालाई टक्कर दिँदैछन् । ०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा यहाँबाट एमालेका शंकर पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री २० हजार ७ सय २३ मतसहित विजयी बनेका थिए । कांग्रेसकी कमलकिशोर शर्मा घिमिरेले ११ हजार १ सय ७२ मत ल्याएकी थिइन् ।

यद्यपि यसपटक माओवादी केन्द्रको बलियो साथ र आफ्नो सांगठनीक मजबुतीको फाइदा स्वरुप कांग्रेसका राजु खनालको जित्ने सम्भावना बलियो रहेको छ । एमाले पनि बलियो नै रहेको यो क्षेत्रमा बलिभद्र रानालाई गठबन्धनको चुनौती रहनेछ । 

यहाँबाट थप ६ उम्मेदवार प्रदेशसभा सदस्यका लागि मैदानमा रहेका कारण समेत चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ।

दाङ २ (ख)

दाङ २ (ख) मा गठबन्धनका साझा नेपाली कांग्रेसका प्रचण्ड विक्रम न्यौपाने 'गुन्टु' चुनावी मैदानमा छन् । प्रचण्ड न्यौपानेलाई एमालेका गिरीराज केसीले चुनौती दिँदैछन् ।

नागरिक उन्मुक्ति पार्टीका ओम प्रकाश चौधरी, मंगोल नेशनल अर्गनाइजेसनका राजबहादुर घर्ति मगर र राप्रपाका उमाकान्त भण्डारी पनि दाङ२ (ख)बाट प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धामा छन् ।

मुख्य प्रतिस्पर्धीका रुपमा कांग्रेसका प्रचण्ड र एमालेका गिरीराजलाई हेरिएको छ । माओवादी केन्द्रको बलियो साथ पाउँदा कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेलाई यहाँबाट जित्न सजिलो हुने देखिएको छ भने एमालेका गिरीराज केसीलाई गठबन्धनको चुनौती रहनेछ ।

०७४ मा वामगठबन्धन हुँदा यहाँबाट एमालेका अमरबहादुर डांगी क्षेत्रीले २१ हजार ४ सय ५० मतले जित हात पारेका थिए भने कांग्रेसका भरतबहादुर न्यौपानेले १३ हजार १ सय ९० मत ल्याएका थिए ।

एमालेको बलियो पकड हुँदा हुँदै पनि यसका उम्मेदवारलाई दाङ २ का दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको गठबन्धनबाट साझा कांग्रेसका उम्मेदवाहरुको चुनौती रहेको छ ।

प्रतिनिधि सभा सदस्यका लागि भने दाङ २ मा नेकपा (एमाले) का महासचिव  शङ्कर पोखरेल र सत्तारुढ गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्यूरो सदस्य रेखा शर्माबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ