arrow

चुनावी साइड इफेक्टः गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, धामी गम्भीर, जनपथ र सशस्त्र प्रहरी परिचालन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २७ आइतबार
election-2079-final1.jpg

खलङ्गा । दार्चुलाको नौगाड गाउँपालिका–६ धुलीगाडामा सत्ता गठबन्धन र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ । झडपमा परी सत्ता गठबन्धनका एक कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा नेकपा माओवादी केन्द्रका जयभानसिंह धामी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेश शाहीका अनुसार ३५ वर्षीय धामीको प्राथमिक स्वास्थ्य केन्द गोकुलेश्वरमा उपचार हुन नसकेपछि थप उपचारका लागि कैलालीको धनगढी लगिएको छ । घाइते धामी माओवादी केन्द्र काठमाडौँ–दार्चुला सम्पर्क समन्वय समितिका अध्यक्ष हुन् ।  

यसअघि गत साता सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच अपिहिमाल गाउँँपालिकामा दोहोरो झडप भएको थियो । घटनापछि उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको सूचना अधिकारी शाहीले बताए । 

सो क्षत्रमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ