arrow

अरबको माउन्ड अराफात भइन् सेती

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
mount-arafat-jabal-al-rahmah.jpeg
साउदी अरव। हरेक वर्ष हुने हज यात्राका लागि संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री आइतवार ढुङ्गे पहाड ‘माउन्ड अराफत’ चढेका छन् । 
 
पश्चिम साउदी अरवको उक्त पहाडमा तीर्थयात्री प्रार्थना गर्दै र कविता सुनाउदै चढेका छन् । घाम उदाएदेखि नै झण्डै १८ लाख तीर्थयात्री सो पहाडमा जम्मा भएका थिए । 
 
समथर भू–भागको बीचमा रहेको माउन्ट अराफात मक्काबाट झण्डै १५ किलोमिटर टाढा पर्दछ । पलेटी मारेर बसेको जस्तो आकर्षण देखिने उक्त पहाडको चुचुरोमा उनीहरुले धार्मिक मन्त्र र प्रार्थना गर्दै चरणवद्ध तरिकाले चढेका छन् । 
 
पुरुष तीर्थ यात्री सबैले उस्तैगरी दुई वटा सेता कपडा लगाएकाले टाढाबाट हेर्दा सो पहाड हिउँको सेतो थुप्रोजस्तो देखिएको छ । 
 
त्यहाँको दृश्यलाई उनीहरुको सामाजिक अवस्था र राष्ट्रियतालाई गौण मानी शुद्ध धार्मिक एकतालाई उनीहरुले जोड दिइएको सङ्केतरुपमा लिन सकिन्छ । 
 
महिलाहरुले पनि विशेष प्रकारको खुल्ला र सेतो कपडा लगाएका छन् । 
 
“हामीले यो तीर्थयात्राबाट तनावमुक्त भई पूर्ण आनन्द महसूस गरिरहेका छौँ,” एक महिलाले भनिन् । ती महिलाकी मित्र २३ वर्षीय खदिजा बेचिरले पनि सबै कुरा साह्रै राम्रोसँग व्यवस्थापन गरिएको भन्दै आनन्द व्यक्त गरिन् । 
 
तीर्थयात्री विश्वका सबै कुनाकुनाबाट आएका छन् । तर प्रायःमुस्लिम समुदायका इन्डोनेसियाबाट आउनेको सङ्ख्या धेरै रहेको छ । 
 
पछिल्लो आधिकारीक विवरणअनुसार, हज यात्राका लागि संसारभरबाट आएका १८ लाख तीर्थ यात्रीमध्ये १३ लाख तीर्थयात्री राजधानी बाहिरका रहेका छन् । 
 
माउन्ट अराफात चढ्नको लागि त्यहाँको सुरक्षा व्यवस्था पनि कडा पारिएको जनाइएको छ । एएफपी 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ