arrow

१२ वर्षपछि पुनः लिभरपुल किन्ने अम्बानीको दाउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
ambani-liverpool.jpg

काठमाडौं । एसियाका दोस्रो धनी र विश्वका आठौं धनी भारतीय उद्योगपति मुकेश अम्बानीले १२ वर्षपछि पुनः लिभरपुल किन्ने विचार बनाएका छन् । अम्बानीले १२ वर्षपछि लिभरपुल किन्ने आफ्नो चासोलाई पुनः जीवित राखेका छन्। उनले सन् २०१० मा लिभरपुल किन्ने इच्छा बनाए पनि उनी सफल हुन सकेका थिएनन् । 

मिरर स्पोर्टका अनुसार अम्बानीले लिभरपुलको वर्तमान मालिक फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी)सँग कुराकानी गरेका छन् । एफएसजीले बिक्रीको लागि राखेपछि अम्बानीले लिभरपुललाई किन्न खोजिरहेका छन् । 


मिररका अनुसार, विश्वको सबैभन्दा प्रसिद्ध फुटबल क्लब लिभरपुलको लागि सम्झौता छिट्टै पूरा हुन सक्छन्। अर्थात्, यसको कमाण्ड नयाँ मालिकको हातमा आउन सक्छ। 

मिररका अनुसार एफएसजी समूहले क्लबका लागि ४ अर्ब पाउण्ड (५१ खर्ब रुपैयाँ) मूल्य तोकेको छ । तर, यसलाई किन्ने दौडमा अम्बानीले मध्यपूर्व र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन् । अम्बानीसँग हाल आईपीएल आईपीएल टोली मुम्बई इन्डियन्सको स्वामित्व छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ