arrow

नेपाल र यूएई मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
nepal-uae-odi-2022.jpg
तस्बिर – फाइल ।

काठमाडौं । पाहुना टोली युनाइटेड अरब इमिरेट्स यूएई विरुद्धको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पहिले बलिङ गरिरहेको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले फिल्डिङ गरिरहेको हो । 

नेपालले ठोस बलिङ भने गर्न सकेन । यूएईले उत्कृष्ट शुरुआत गरेको हो । नेपालले ७५ रन दिँदा पहिलो विकेट लिएको छ । गुल्सन झाले सफलता हासिल गरेका छन् । 

दुवै टोली जित निकाल्दै तीन खेलको श्रृंखलामा सुखद शुरुआतको योजनामा रहेका छन् ।

नेपाल र यूएईबीच एक दिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । नेपाल २ पटक विजयी हुँदा ४ पटक यूएईले जितेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ