arrow

पर्वतमा जोशीले यसरी हराउन सक्छन् गिरीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
arjun-joshi-padam-giri-parbat.jpg

काठमाडौं । एक मात्रै निर्वाचन क्षेत्र रहेको पर्वतबाट गठबन्धनका साझा उम्मेदवार रहेका नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशी र नेकपा एमालेका उम्मेदवार पदम गिरीबीच कडा टक्कर हुने देखिएको छ । 

प्रतिनिधि सभाको एक सिटका लागि पर्वतमा तीन स्वतन्त्रसहित १२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । यद्यपि मुख्य प्रतिस्पर्धा कांग्रेसका जोशी र नेकपा एमालेका गिरीबीच हुने देखिएको छ ।

नेपाली कांग्रेस वीपीबाटसमेत देवाखर भट्टराई प्रतिस्पर्धामा रहँदा कांग्रेसका उम्मेदवारलाई केही असहयोगको संकेतसमेत छ । एमालेका उम्मेदवार गिरी ०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा वाम गठबन्धनको फाइदा लिँदै पर्वतबाट ३९ हजार २ सय ७५ मतसहित विजयी बनेका थिए ।

त्यतिबेला नेपाली कांग्रेसबाट उम्मेदवार रहेका यिनै अर्जुनप्रसाद जोशीले २६ हजार ८ सय १९ मत पाएका थिए । अहिले माओवादी केन्द्र र एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीको मत पाउँदा कांग्रेसका उम्मेदवार जोशीले एमालेका गिरीसँग ०७४ को बदला लिने संकेतसमेत छ ।

यद्यपि एमालेको पनि बलियो पकड रहेको पर्वतमा यी दुई बाहेकका १० उम्मेदवारसमेत मैदानमा रहँदा कांग्रेसका जोशीलाई चुनौतीसमेत छ ।

गत बैशाख ३० को स्थानीय निर्वाचनमा पर्वतमा एमाले एक्लैले ३५ हजार ७१६ मत पाएको छ । कांग्रेसले २९ हजार ३४४ र नेकपा माओवादी केन्द्रले ५ हजार ३६१ एवं नेकपा एकीकृत समाजवादीले ५४६ मत प्राप्त गरेको छ । यी तीन वटै दलको मत जोड्दा मात्रै एमाले नजिक पुग्ने स्थिति देखिँदा कांग्रेसका जोशीलाई चुनाव जित्न सहज भने देखिँदैन ।

तर स्थानीय तहको निर्वाचनको मतले संघीय निर्वाचनको आँकलन गर्न सकिँदैन । पार्टीभित्रकै आन्तरिक लुछातानीमासमेत रहेका कारण जोशीलाई जित हात पार्न चुनौती छ । यद्यपि उनले गठबन्धन दलबाट सोझो मत पाएमा र एमालेको भोट बाँडिएको स्थितिमा सहजै जित बनाउन सक्छन् र गिरीसँग ०७४ को बदला लिन सक्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ