arrow

कर्मशील एनपी साउद

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
np-saud-all-in-one.jpg

कञ्चनपुर । कञ्चनपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार नारायण प्रकाश (एनपी) साउदले यसपटक जित्ने सम्भावना बलियो रहेको छ । 

०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा एनपी साउदले वाम गठबन्धन हुँदा नेकपा एमालेका नरबहादुर धामीसँग ८ हजार ३ सय २७ मतको हार व्यहोरेका थिए ।

तर यसपटक माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको बलियो समर्थन पार्टीको सांगठनिक मजबुती एवं आफ्नै व्यक्तिगत काम, जिम्मेवारी र प्रभावले साउदको जित्ने सम्भावना बलियो रहेको छ ।

यसभन्दा बढी अहिले कञ्चनपुर २ मा कांग्रेस नेता साउदको पहलमा बनेका योजनाहरुको चर्चा ब्यापक भइरहेको छ । कांग्रेसका नेता कार्यकर्तादेखि सर्वसाधारणले साउदको पहलमा बनेका योजनाहरुलाई नै समेत उनको जित्ने आधार भनिरहेका छन् ।

कञ्चनपुरको महेन्द्रनगरबाट विद्यार्थी राजनीति शुरु गरेका कांग्रेस नेता साउद ०४८ देखि ०५३ सम्म नेविसंघको केन्द्रीय अध्यक्ष रहेका थिए । नेपाली कांग्रेसबाट ०५६ मा कञ्चनपुर–२ बाट प्रतिनिधि सभामा विजयी भएका नेता साउद त्यसपछि केन्द्रीय राजनीतिमै होमिएका थिए ।

०५८ देखि ०५९ सम्म शिक्षा राज्यमन्त्री रहेका नेता साउदले देशभर नै शिक्षाको क्षेत्रमा अग्रगामी कामहरु गरेको बताएका छन् । उनले ०६३–०६४ मा व्यवस्थापिका संसदमा रहेर काम गरेका थिए भने ०७० सालको दोस्रो संविधान सभामा कञ्चनपुर–२ बाट विजयी भएर सिँचाई मन्त्री बनेका थिए ।

यस्ता छन् एनपी साउदले गरेको भन्दै चर्चामा रहेका काम र योजनाहरु:

भौतिक पूर्वाधार विकास योजनाः
झोलुङ्गे पुलः
  • कृष्णपुर नगरपालिका–७ शान्तीपुरदेखि गेटा जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • कृष्णपुर नगरपालिका–८ मजगै दैखी श्रीलकां जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • कृष्णपुर नगरपालिका–७ शान्तीपुरदेखि अत्तरिया झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • कृष्णपुर–७ कार्कीकटानदेखि मालादेखि जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • कृष्णपुर–३ चित्रपुरदेखि देखतभुली जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा– ११ अम्मरपुरदेखि बेलडाँडी जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा– ११ अम्मरपुरदेखि मुक्तशिविर जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा–१० कसरौलदेखि टोटी (त्रिपुरेश्वर) जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • बेदकोट–२ जडेपानी हात्तीथला जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • बेदकोट–४ समादैजी घटाल जोड्ने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
  • बेदकोट हुँदै पोलखरी जाने झोलुङ्गे पुल निर्माण सम्पन्न । 
पक्की पुलः
  • कृष्णपुर मालुबेला गुलरीया साविकको रैकवार बिचवा हुँदै धनगढी उपमहानगरपालिकाको शहीदगेट जोड्ने घोडाघाटबाट मोहना नदीमा ३ स्थान पुल निर्माण सम्पन्न । 
  • बेदकोट १ र २ पथरीया खोलामा पक्की पुल निर्माण सम्पन्न । 
  • बेदकोट ३ र ४ जोड्ने चौधर पुल निर्माण सम्पन्न । 
  • पिपरिया र राजघाट जोड्ने घलघले खोलामा सिंगल स्पान पुल निर्माण सम्पन्न । 
  • बिचवा र पिपरिया जोड्ने घलघले खोलामा सिंगल स्पान पुल निर्माण सम्पन्न । 
  • कलुवापुरदेखि सिमकोट जोड्ने बलुवा खोलामा सिंगल स्पान पुल निर्माण सम्पन्न । 
  • कृष्णपुर नगरपालिका कार्की कटान अत्तरिया जोड्ने मोहना नदीमा डबल स्पान पुल निर्माण सम्पन्न । 
  • दैजी–बेलडाँडी (हुलाकी) राजमार्गमा रहेको बलमा नदीमा २०७१–२०७४ भित्र ३ स्पानको ९० मिटर लम्बाई भएको पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटाको कलुवापुर– बेलडाँडी (बुडर )नाईल सडकमा पर्ने अनौखी खालामा २ स्पान ८० मिटर लम्बाई पुल २०७१–२०७४ मा निर्माण सम्पन्न । 
  • कृष्णपुर– ६ मौरीफाटा (बलुवाफाटा) बन्जरिया जोड्ने खर्साहा खोलामा डबल स्पान पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा २ र ३ जोड्ने सुनवरा नदीमा ३ स्पान पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा– ११ कलुवापुर–बन्साहा जोड्ने चितौरा खोलामा पुल निर्माण सम्पन्न । 
  • शुक्लाफाँटा –७ टोटी नालामा शन्तीपुर कालापानी जोड्ने पुल निर्माण सम्पन्न । 
  • बेतकोट– ४ चौधर भम्का बगुन जोड्ने पुल निर्माण सम्पन्न । 
  • बेदकोट–४ साजगाड खोलामा घटाल थान पुल निर्माण सम्पन्न । 
सडकः
  • मालुबेला–गुलरीया–रैवार बिचवा–धनगढी उपमहानगरपालिकाको शहीदगेट जोड्ने २६ किलोमिटर लम्बाई कृषि सडक निर्माणाधीन। 
  • देखतभुली–वाणी–दामिल्ला–बुडर–नाइल सडकसम्मको निर्माणाधीन सडकलाई यथाशिघ्र स्तरोन्नति गर्ने । 
  • कलुवापुर बजार–दोम्मिला–बुडर–नाइल जोड्ने सडक दण्ड निर्माणाधीन । 
  • सुडा–सिद्धेश्वर मसन्दर–पर्शुराम नगरपालिका सडक खण्ड निर्माणाधीन । 
खानेपानीः
  • कृष्णपुर नगरपालिका अन्तर्गत खानेपानी आयोजनाहरुमा वर्डा नं. २,४,५,६,८,९ मा निर्माणधिन खानेपानीलाई बृहत केन्द्रीत खानेपानी परियोजनामा परिणत गरिने छ । 
  • शुक्लाफाँटा नगरपालिका भित्रका वडाहरुको खानेपानी योजानलाई यथाशिघ्र सम्पन्न गरिनेछ । 
  • सुडा टाउन खानेपानी आयोजना रु ३७ करोडको लागतमा सम्पन्न भई हाल जडीत घरधुरी २,००० र ३००० घरधुरी जडानको क्रममा रहेको छ।   
शुक्लाफाँटाः
  • साविक झलारी–पिपलाडी गाविस लाई शुक्लाफाँटा नगरपालिकामा रुपान्तरण गरी उक्त पालिकालाई एडीबीको योजनामा सम्पूर्ण शुक्लाफाँटा समेट्ने गरी हाल विभिन्न परियोजना संचानलमा रहेको छ । 
  • झलारी स्वास्थ्य चौकीलाई स्रोत साधन सम्पन्नसहित ल्याब सेवालगायत विभिन्न स्वास्थ्य सामग्रीको व्यवस्थापन । 
  • वडा नं. ११ स्थित सुनवरा सहकारी संस्थामार्फत एम्बुलेन्स प्रदान तथा सेवा संचालनमा आएको छ । 
  • अर्जुनीस्थित सर्पदशं भवन निर्माणमा आवश्यक बजेट विनियोजन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ