- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कात्तिकेदेउराली । काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा क्षेत्र नं १ मा स्वतन्त्र उम्मेदवारी दिएका माधवप्रसाद कंडेलले लोकतान्त्रिक–वाम गठबन्धनलाई सघाउने घोषणा गरेका छन् ।
गठबन्धनले कात्तिकेदेउरालीमा गरेको चुनावी सभामा बोल्दै उनले गठबन्धनका तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार सुर्यमान दोङ (लालध्वज) र गठबन्धनका उम्मेदवारलाई सघाउने घोषणा गरेका हुन् ।
स्वतन्त्र उम्मेदवारका रुपमा उठाएका आफ्ना चुनावी अजेण्डा र प्रतिवद्धता गठबन्धनका उम्मेदवारले पूरा गर्ने प्रतिबद्धता जनाएकोले आफ्नो उम्मेदवारी निष्कृय पार्दै गठबन्धनलाई सघाउने निर्णय गरेको कंडेलले बताए ।
विकास र समृद्धि नै आफ्नो अजेण्डा भएको भन्दै उनले त्यसको लागि लोकतान्त्रिक –वाम गठबन्धनलाई जिताउन आवश्यक रहेको बताए । राजधानीबाट नजिक भए पनि काभ्रेको क्षेत्र नं १ विकासमा पछि परेको भन्दै उम्मेदवारी दिएको उनले बताएका थिए ।