arrow

विनोद चौधरीको क्षेत्रमा देउवा र प्रचण्ड 

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
deuba-prachanda-final-433.jpg
तस्बिर – फाइल ।

नवलपरासी पश्चिम ।  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार बर्दघाटको चौपता आउने भएका छन् । 

नेपाली कांग्रेस नवलपरासी क्षेत्र नं १ ले आयोजना गरेको चुनावी विशाल आम सभालाई प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशाल आमसभा चौपताको खेल मैदानमा आयोजना हुने कांग्रेसका क्षेत्रीय सभापति मुकुलकुमार आचार्यले जानकारी दिए । 

यस निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभामा कांग्रेससका केन्द्रीय सदस्य एवं उद्योगपति विनोद चौधरी गठबन्धनका तर्फबाट उम्मेदवार रहेका छन् । त्यस्तै प्रदेश सभामा गठबनधनबाट विश्वप्रेम पाठक उम्मेदवार छन् । 

दुई दिनअघि मात्रै माओवादी केन्द्रले यस क्षेत्रबाट विनोद चौधरी नै गठबन्धनका साझा उम्मेदवार रहेको स्पष्ट पारेको पृष्ठभूमिमा गठबंधनले विशाल आमसभा आयोजना गरेर देउवा र प्रचण्डलाई सम्बोधनका लागि आमन्त्रण गरेको हो । 

देउवा र प्रचण्डको आगमनले गठबन्धन थप बलियो हुने बिश्वास लिइएको जिल्ला कांग्रेसले जनाएको छ ।आमसभा मंगलबार बिहान ९ बजे शुरु हुने कार्यतालिका छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ