arrow

कास्कीको राजनीतिक पहिचान बनाउँछु : बराल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २८ सोमबार
Kishordatta baral.jpg

पोखरा । कास्की क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेद्वार किशोरदत्त बरालले कास्कीको राजनीतिक पहिचान बनाउने गरी काम गर्ने प्रतिवद्वता व्यक्त गरेका छन् । 

‘कास्की प्राकृतिक सुन्दरता, तालतलैयाले मात्र चिनिएको’, उनले भने, ‘अब राजनीतिक पहिचान पनि बनाउनुपर्छ ।’

उनले मतदाताले गर्वको अनुभूति गर्ने गरी आफूले संसदमा काम गर्ने उल्लेख गरे । बलियो संसद निर्माणका लागि आफूले भूमिका निर्वाह गर्ने उनको भनाइ छ ।

मतदाताबाट प्राप्त प्रेम, सद्भाव र विश्वासले आफूलाई उत्साहित बनाएको बताए । 

‘मतदाताले ढुक्क हुनुहोस्, विजयी हुनुहुन्छ भन्नुभएको छ, उम्मेद्वार बरालले भने, ‘निकै उत्साहका साथ मतदाता भेटघाटमा छु ।’

उनले राजनीतिमा अनुशासन, मर्यादा र शुद्धता आवश्यक रहेको बताए । उम्मेद्बार बरालले वर्तमान शिक्षा व्यवस्थामा परिवर्तन गरी शिक्षालाई उद्यमशीलतासँग जोड्नुपर्ने उल्लेख गरे ।

उनले कृषि, पर्यटन, शिक्षा, वेरोजगारीको अन्त्य र आयात प्रतिस्थापनमा जोड दिए ।

पोखरा-१४ मा सोमबार मतदाता भेटघाट र घरदैलो गर्दै उनले गठबन्धनको सरकारले अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्ने र भूमिहीनलाई लालापूर्जा उपलब्ध गराउने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ