arrow

विमलेन्द्रले छोडेको धनुषा-३ मा अनिलकुमार र जुलीकुमारीबीच भिडन्त, रघुवीर तनावमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
anil-jha-julikumari.jpg

धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले छोडेपछि धनुषा क्षेत्र नं ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अनिलकुमार झा र एमालेकी जुलीकुमारी महतोबीच भिडन्त हुने भएको छ । यस क्षेत्रबाट कांग्रेसका ‘हेभीवेट’ नेता विमलेन्द्र निधि समानुपातिकतर्फ बसेपछि गठबन्धनको भागबन्डामा यो क्षेत्र लोसपालाई परेको छ ।

 विसं २०७४ को निर्वाचनमा झा रौतहट-१ बाट निर्वाचित भएका थिए । यस पटक त्यो क्षेत्रबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका साझा उम्मेदवार बनेपछि झा धनुषा-३ मा चुनाव लड्न आएका हुन् ।

जबकि झासँग प्रतिस्पर्धा गरिरहेकी जुली यसअघि पनि त्यो क्षेत्रबाट चुनाव लडिसकेकी छन् । उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेस नेता निधिबाट पराजित भएकी थिइन् । यस पटक पनि झाको उम्मेदवारीको टुङ्गो नलाग्दा जुलीले यस क्षेत्रबाट चुनाव लड्ने तयारी गरिसकेकी थिइन् ।

प्रतिनिधसिभा सदस्यका लागि धनुषा-३ बाट चुनाव लडिरहेकी जुली एमालेका सचिव एवं मधेस प्रदेश इञ्चार्ज रघुवीर महासेठकी पत्नी हुन् । आफ्नो श्रीमतीले हार्ने देखेर महासेठ तनावमा परेका छन् । रघुवीर धनुषा-४ बाट चुनाव लडेका छन् । चुनाव नजिकिएसँगै यो क्षेत्रमा ‘बहारिया र भितरिया’ अर्थात् बाहिरकालाई नभएर स्थानीय उम्मेदवारलाई निर्वाचित गराउन कतिपयले बताइरहेका छन् । अघिल्लो पटक सर्लाहीबाट आएर तत्कालीन राजपाका राजेन्द्र महतो यसै क्षेत्रबाट निर्वाचित भएका थिए । उनी पनि जिल्ला बाहिरका उम्मेदवार थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ